गज़ल By, कोमल भट्ट


गज़ल By, कोमल भट्ट

सारा रहर नै,सपना भए
मीठा अधर नै,सपना भए

डुब्थ्यो मगनमा,तन यो सदा
हाँस्ने सगर नै,सपना भए

हेर्थे नयन ती,सहजै घुमी
छड्के नजर नै,सपना भए
बोल्थे सरसमा,अनि प्रेममा
चोखा कदर नै,सपना भए

लान्थे पवनले,मनका कुरा
साँचा खबर नै,सपना भए

भागे अव कहाँ,सुखका पला
'कोमल्'असर नै,सपना भए

(श्री पोस्टराज सरको नयाँ छन्दमा आधारित)
छन्द:- चाजिरिप (हिमाल) (६ अक्षरमा विश्राम)

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
 हाल :- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com