रामपुरमा क्याम्पसमा आइपिएम पाठशाला सम्पन्न I

श्रावण ३१, चितवन ,

अनन्तप्रकाश सुवेदी (रामपुर) : रामपुरमा अध्ययनरत विद्यार्थिहरुले स्वस्भुर्त रुपमा आइपिएम पाठशाला सञ्चालन गरे र उल्लेखनिय काम गरेको बताउदै कृषि विभागका महानिर्देशक डा. युवकध्वज जिसिले जिल्ला कृषि विकास कार्यलय चितवनले वार्षिक रुपमा एउटा कृषि पाठशालाको लागि रामपुरको लागि बजे ट छुट्टाउन निर्देशन दिए । 

रामपुर कृषि क्याम्पसका तेस्रो वर्षमा अध्ययनरत छात्राछात्रको आयोजनामा भएको २२ हप्ते वातावरणमैत्रि आइपिएम पाठशालाको समापन कार्यक्रमका प्रमुख अतिथि पनि रहेका डा. जिसिले सो निर्देशन दिएका हुन् । कार्यक्रममा रामपुर कृषि क्याम्पसका क्याम्पस प्रमुख श्यामसुन्दर पन्त, उपप्राध्यापक सुन्दर तिवारी, वरिष्ठ वालि संर क्षण अधिकृत लेखनाथ पोख्रेल, वरिष्ठ आइपिएम सहजकर्ता बासु सापकोटा, सहभागि किसान तथा विद्यार्थि लगायतको उपस्थिति रहेको थियो । 

 सो कार्यक्रम अत्यन्त फाइदाजनक भएको र यसले प्रयोगात्मक ज्ञान र सिप वृद्धिमा फाइदा पुग्ने विश्वास विद्यार्थिहरुमा थियो भने सहभागि किसानहरु पनि उत्साहित थिए र सो को प्रयोग आफ्नो करेसाबारिमा गर्ने विश्वास व्यक्त गर्दै थिए । किसान प्रतिनिधिको रुपमा बोल्ने किसान सुनिता पन्तले यस पाठशाला बाट आफूँहरुले निकै व्यवहारिक ज्ञान प्राप्त गर ेको बताइन् । आइपिएम पाठशालाबाट विभिन्न व्यावहारिक ज्ञान विज्ञ तथा किसानबाट सिक्ने अवसर मिले को बताउँदै कार्यक्रम संयोजक पनि रहेका विद्यार्थि दिपेन्द्रकुमार अइयरले यसको पाठशाला सञ्चालनमा निकै आर्थिक समस्या आएको र त्यसको लागि विद्यार्थिहरुले आफैले पैसा खर्च गरेर सिकेको बताए । 

मित्र जिवहरुको नाम राखिएको विभिन्न समुहहरु फौजि किर ा ९ःथतजष्mmब कभउभचबतब०, नमस्ते किरा ९ःबलतष्क चभष्निष्यकब०, बहादुरे किरा ९ःथतजष्mलब कभउबचबतब०, बाघे खपटे ९ऋष्अष्लमभबि कभहउबलअतबतब०, हेलिको भर्पा ९ज्भष्अियखभचउब बचmष्नभचब० मा रहेर विद्यार्थी र किसानहरुले पहिलो तीन हप्ता तयारी र १९ हप्ता वालि लगायर आइपिएम पाठशालामा अध्ययन गरेका थिए । कार्यक्रममा ३६ जना विद्यार्थि र ५ जना कृषकहरु सहभागि रहेका थिए । 

विगत तिन वर्ष देखिन् लगातार यस्तो पाठशाला रामपुरमा संचालनमा रहेको जानकारी दिनुहुँदै किटविज्ञानका उपप्राध्यापक सुन्दर तिवारीले यस्ता पाठशालाले विद्यार्थिहरुमा व्यवहारिक ज्ञान बढ्ने र यसलाई निरन्तरता दिदै लैजानुपर्ने बताए । विभागमा सेवा सुरु गर्नभन्दा पहिले रामपुर क्याम्पसमा अध्यापन गराउँदै आएका डा. युवक ध्वज जिसी कै पहलमा पहिलो कृषक पाठशाला रामपुरमा सञ्चालनमा आएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com