दुई मिनेटमै पाठेघर समस्या थाहा पाउने पद्धति I

सुर्खेत श्रावन २२,

सुर्खेतको कालागाउँमा रहेको मध्यपश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल सुर्खेतमा दुई मिनेटमै पाठेघरमा समस्या छ कि छैन भन्‍ने पत्ता लगाउने पद्धतिको सुरु भएको छ।

क्षेत्रीय अस्पतालले औपचारिकरुपमा सुर्खेतमा पहिलो पटक आँखाले प्रत्यक्ष अवलोकन गरेर उपचार गर्ने पद्धति भिआइए सुरु गरेको हो।

एक मिनेटमा पाठेघरको मुखमा केमिकल राख्ने र त्यसको एक मिनेटपछि केमिकलबाट उत्पन्न प्रतिक्रिया पाएपछि क्यान्सर हो कि होइन भन्ने थाहा पाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक भोलाराम श्रेष्ठले बताए।यो सेवा क्षेत्रीय अस्पतालमा निःशुल्क उपलब्ध हुने अस्पतालले जनाएको छ। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com