बाढी पहिरो पीडित क्षेत्रमा स्वास्थ्य सिविर I

काठमाडौं श्रावन २२,

सिन्धुपाल्चोक पहिरोका विस्थापितमा हुन सक्ने रोगको महामारी रोक्न स्वास्थ्य सेवा विभागले शिविर सञ्चालन गरेको छ । 

शिविरहरुमा रहेका विस्थापितमा रुघाखोकी तथा ज्वरोको प्रकोप बढ्दै गएपछि विभागले शिविर सञ्चालन गरेको हो । शिविरमा विभागबाट दुई स्वास्थ्यकर्मी, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकबाट एक चिकित्सकसहित दुइजना, क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट दुई स्वास्थ्यकर्मी र गांग्रेटार स्वास्थ्य चौकीका दुई स्वास्थ्यकर्मी गरी ८ जनाको टोली खटिएको छ । 

टोलीले बुधबारसम्म ४३ जनाको उपचार गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीका अनुसार विभागले घाइतेको उपचार गर्ने र वरपरका क्षेत्रमा हुन सक्ने महामारी रोक्न डाक्टरसहितको टोली खटाएको हो । 

टोलीले घाइतेको उपचार गर्ने तथा संकटग्रस्त क्षेत्र घोषित क्षेत्रमा खाद्यान्न तथा खानेपानी प्रयोगबारे जनचेतना फैलाउन काम गर्ने छ । डा.उप्रेतीले खाना तथा पानीका कारण पनि रोगको सम्भावना रहेकाले शिविर सञ्चालन गरेको बताए ।(स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com