भाद्र ५,
चिकित्सकहरुले एक भारतीय महिलाको पेटमा ३८ वर्षदेखि रहेको गर्भ निकालेका छन् । महिलाको पेटमा चार दशकदेखि रहेको गर्भलाई चिकित्सकहरुले कंकालका रुपमा निकालेका हुन् ।
यो विश्वकै लामो ‘इक्टपिक प्रेगनेन्सी’ चिकित्सकहरुको भनाई छ । यसअघि बेल्जियमकी एक महिलामा १८ वर्ष लामो यस्तै खालको गर्भ फेला परेको थियो ।
कसरी भयो यस्तो ?
भारत मध्यप्रदेशकी ज्योतिकुमार २४ वर्षको उमेरमा सन् १९७८ मा गर्भवती भइन् । डाक्टरहरुलाई जचाँउदा गर्भाशयबाहिर गर्भ बसेकाले बच्चा बाँच्ने सम्भावना निकै कम रहेको बताएका थिए ।
अब डाक्टरहरुले अपरेशन गरिदिन्छन् भन्ने डरले उनी अस्पतालबाट भागिन् र गाउँकै सानो क्लिनिकमा उपचार गर्न गइन् । केही महिनापछि उनको पेट दुखाई कम भयो । उनले सोचिन्, अब पेटको समस्या समाधान भयो ।
तर, ३८ वर्षपछि अहिले ६२ वर्ष पुगेकी उनलाई फेरि पेट दुख्ने समस्या भयो । नागपुरको साल्भ इन्सिच्युट अफ मेडिकल साइन्समा उपचार गर्न गइन् । त्यहाँ डा. मोहम्मदद युनुस शाहको नेतृत्वमा भएको अपरेशनमा उनको पेटबाट गर्भमा रहेको बच्चाको कंकाल निकालियो ।
डाक्टरहरुले पेटको तल्लो दायाँ भागमा रहेको उक्त चिजलाई क्यान्सर ठानेका थिए । तर, सिटी स्क्यान गरेर हेर्दा उक्त पदार्थ कडा खालको भएको पाइएको थियो । पछि एमआरआई गरेर उक्त पदार्थ बच्चाको कंकाल रहेको पत्ता लागेको थियो ।
ती महिलाका भाईले डाक्टरहरुलाई बताएअनुसार गर्भाशयबाहिर रहेको गर्भ मरेको थाहा पाएपछि उनी अपरेशनको डरले गाउँ नै फर्किएकी थिइन् । एजेन्सी :