जाजरकोट भाद्र ५,
जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । बिरामीको चापसँगै अस्पतालले शय्या बढाएर उपचार सुरु गरेको छ ।
दैनिक अस्पतालमा पखाला र रुघाखोकी, भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढी भएको स्वास्थ्यकर्मीले बताएका छन् । लगातारको वर्षातपछि अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको जिल्ला अस्पतालका चिकित्सक बम विसीले बताए । दैनिक अस्पतालमा ४० भन्दा माथि बिरामी पखाला र भाइरल ज्वरोका मात्र आउने गरिएका छन् ।
दूषित पानीका कारण पखाला र भाइरल ज्वरो लागेकाले पानी उमालेर खाना र पिउस पानीमा राखेर खाना सल्लाह दिएको चिकित्सक विसीले बताए ।
यसैगरी जिल्ला अस्पतालले सर्पदंशको औषधि माग गरे पनि अहिलेसम्म उपलब्ध नगराएको उहाँले जानकारी दिए । अस्पतालमा सर्पदंशको औषधि एक महिनादेखि सकिएको भए पनि अहिलेसम्म उपलब्ध नहुँदा बिरामीलाई रुकुमको चौरजहारीस्थित मेसिन अस्पताल र नेपालगन्ज लिने गरेको अस्पतालले बताएको छ ।
जिल्लाका ३५ वटा स्वास्थ्य संस्थामध्ये अधिकांश स्वास्थ्य संस्थामा पखाला र भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको अस्पतालले बताएको छ । मुख्य गरेर बाढीपहिरो प्रभावित रामीडाँडा र सक्ला गाविसमा रहेका स्थानीयमा पखाला, भाइरल ज्वरो देखिएको छ । बुधबार मात्र रामीडाँडा गाविसमा रहेको स्वास्थ्य चौकीमा सातजना प्रहरीलाई पखाला लागेर उपचार गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
प्रभावित क्षेत्रमा रहेका शौचालय भत्किएका कारण सो फोहोर सिधै खोलामा मिसिएको छ । रामीडाँडा र सक्ला गाविसमा खुला दिसामुक्त क्षेत्र घोषणा भएका कारण यहाँ प्रत्येक घरमा शौचालय निर्माण गरिएको थियो । भारी बर्षाका कारण शौचालय भत्किएका कारण सो दिसा, पिसाब पानीमा मिसिएको छ ।
यहाँका सबै खानेपानीका ट्याङ्की र पाइप पहिरोले भत्काएका कारण खहरे खोलाको पानी पिउने रामीडाँडा सक्ला गाविसका स्थानीयको बाध्यता हो । बाध्यतासँगै फोहोर पानीका कारण यहाँका अधिकांश मानिसमा पखाला र भाइरल ज्वरो देखापरेको छ । समयमा पानी सफा गर्ने औषधि प्रभावित क्षेत्रमा नपु¥याउने हो भने थप समस्या आउने सम्भावना बढेको छ ।
स्वास्थ्यकर्मीलाई बिदामा बस्न रोक
जिल्लाभरि भाइरल ज्वरो र पखालाको प्रकोप देखिएका कारण जिल्ला अस्पतालले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा बस्न नदिने निर्णय गरेको छ ।
जतिबेला पनि जुनसुकै ठाउँमा समस्या आउने भएका कारण अस्पतालले सबै स्वास्थ्यकर्मीलाई बिदामा बस्न नदिएर उच्च सतर्कतामा रहेको चिकित्सक विसीले बताए । जिल्लाका ३५ ठाउँमा रहेका स्वास्थ्य संस्थामा अहिले उच्च सतर्कता पूर्ण तरिकाले स्वास्थ्यकर्मी तथा औषधि राखिएको छ । ४० प्रकारका औषधि स्वास्थ्य संस्थामा निःशुल्क पाइने भए पनि सो भन्दा बढी सेवा दिने उद्देश्यले अहिले अस्पतालबाट ज्येष्ठ नागरिकलाई थप सेवा दिने गरिएको छ । जिल्लाका सबै स्वास्थ्यकर्मीलाई बिदामा नबस्न जिल्ला अस्पतालले चिठी काटिसकेको छ । रासस :