गजल : By, श्रीभक्त पौडेल ¨आफन्त¨


गजल : By, श्रीभक्त पौडेल ¨आफन्त¨

कति गर्ने उनकै कुरा, बात लुकाउनेहरु को 
हाँसी हाँसी रङ्गिन सारा रात दुखाउनेहरु को  

इर्ष्या मोह लालच सबै मेरा पनि हुन्थे भने 
लिने थिन सपथ तारा घात फुकाउनेहरु को

आँशु केहो कसरी बग्छ हिजोसम्म था´थेन 
छक्क पर्छु हेर्नुस पारा साथ चुकाउनेहरु को 

भुलूंभन्छु बिर्सन धौभो अतितको यादमा जल्दा  
कस्तो दैब पिरती मारा मात सुकाउनेहरु को 

हदै नाघे आफन्त पनि गला रेट्न जाउँ जस्तो 
मतलबी मान्छे´को दारा जात झुकाउनेहरु को

श्रीभक्त पौडेल ¨आफन्त¨
चितवन रामपुर 
हाल : सान सेबास्टिअन,स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com