भाइरस इबोला बिरुद्ध अन्तर्राराष्ट्रिय संकटकाल घोषणा I

श्रावन २४,

विश्व स्वास्थ्य संगठनले इबोला भाइरस संक्रमणलाई अन्तर्राराष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरेको छ । स्विजरल्याण्डको जेनेभामा भएको विशेषज्ञहरुको आकस्मिक बैठकले संकटकाल घोषणा गरेको हो । 

संकटकाल घोषणा संगै संगठनका अधिकारीहरुले भाइरसको बिस्तारलाई रोक्न र पहिलेको अवस्थामा ल्याउन अन्तर्राष्ट्रिय प्रयासको आवश्यकता भएको बताएका छन् । इबोला संक्रमण पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको छ । यो वर्षमात्र त्यहाँ इबोला संक्रमणबाट ९ सय ६० भन्दा बढि मानिसको ज्यान गएको छ । 

यसरोगबाट गिनी, लाइबेरिया, सियरालियोन र नाइजेरिया बढि प्रभावीत भएका छन् । ती देशहरुमा १ हजार ७ सयभन्दा मानिस संक्रमणको शिकार बनेका छन् । ती देशहरुको इबोलासंग सामना गर्ने क्षमता नभएकाले तत्काल अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता रहेको संगठनले जनाएको छ । यो भाइरस हावाका माध्यमबाट नसरी संक्रमित व्यक्तिको सम्पर्कबाट सर्ने संगठनले बताएको छ । 

बेलायत र अमेरिकाले इबोलाबिरुद्ध रेड अलर्ट जारी गरेका छन् । भारतले पनि अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । नेपालमा हालसम्म यसबारे कुनै पनि तयारी हुन सकेको छैन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बिमानस्थलमा स्वास्थ्य जाँचका लागी अर्थ मन्त्रालयसंग बजेट मागेको जानकारी दिएका छन् । उनले यथासिघ्र विमानस्थलमा स्वास्थ्य जाँचको तयारी गरेको बताए ।एजेन्सि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com