गजल By, गोबिन्द प्र तिवारी


गजल By, गोबिन्द प्र तिवारी

उस्ले पसिना चुहाएको थियो, देशको लागि
 उस्ले रगत बगाएको थियो, देशको लागि

बन्धक बनाएर मनका इच्छा, चाहाना हरु
 हाँसो खुशी लुटाएको थियो, देशको लागि

आफू हाँसी हाँसी ऊ फासीको, तख्ता चढेर
 आफन्त लाई रुवाएको थियो, देशको लागी

गाउँ गाउँमा क्रान्तीको अगुल्टो, झोस्दै हिडेर
 ऊ आफै लाई निभाएको थियो, देशको लागी

कठै बर्षौ देखि रमिता हेरेर, यो सरकारको
 त्यो सालिक टोलाएको थियो, देशको लागि


गोबिन्द प्र तिवारी
 दमकनगरपालीका-१५, झापा नेपाल
 जन्मस्थान: जुरोपानी-२, भुडेसिमल
 हाल : आबुदाबी ( यु ए ई)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com