राहदानी बनाउन आएकी महिलालाई बलात्कारको प्रयास गर्ने खरिदार कर्णालाई कैद सजाय I

 काठमान्डू भाद्र १३,

राहदानी बनाउन आएकी महिलालाई बलात्कारको प्रयास गर्ने जिल्ला प्रशासन कार्यालय खोटाङका खरिदार कर्णाखर आचार्यलाई कैद सजाय सुनाइएको छ ।

कामका लागि प्रशासन आएकी एक महिलालाई होटलमा लगेर जबरजस्ती करणी प्रयास गर्ने दिक्तेल नगरपालिका–३ ठेगाना भएका खरिदार आचार्यलाई आगामी दिनमा कुनै पनि सार्वजनिक पदमा बस्न नपाउने गरी जिल्ला अदालतले साँढे दुई वर्ष कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले बिहीबार यसअघि आचार्यले पाउने सेवासुविधा समेत नपाउने गरी कैद सजाय सुनाएको हो ।

गत जेठ–५ गते राहदानी बनाउन जिल्ला प्रशासन आएकी एक महिलालाई आचार्यले स्थानीय लाक्पा होटलमा लगेर जबरजस्ती करणी प्रयास गरेका थिए । करणी प्रयासपछि पीडित महिलाले सोही दिन दिएको उजुरीको आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

महिलाले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा उनीमाथि करणी नभएको भन्दै अदालतको आदेशमा आचार्यलाई ४० हजार रुपैयाँ धरौटी लिएर २५ दिनपछि तारिखमा छाडिएको थियो । धरौटी बुझाएर रिहा भएका आचार्य हालसम्म कार्यालयमा हाजिर भएका थिएनन् । एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com