इबोला अजस्तई अर्को खतराक भाइरस निपा I

काठमाडौं भाद्र १३,

केही हप्ता देखी मोरङ्गको लेटाङ्ग र पथरी गाविसमा ७ जनाको ज्यान जाने गरी फैलीएको रोग निपा भाइरसको कारण भएको हुनसक्ने आसंका गरीएको छ । एक हप्ताको अन्तरालमा लेटाङ्गमा ६ जना विरामी भएकोमा ४ जनाको मृत्यु भएको र पथरीमा ४ जना विरामी भएकोमा ३ जनाको मृत्यु र १ जनाको पक्षघात भएको छ । रोगलागेको छोटो समयमा उच्च मृत्युदर सहित निपा भाइरस रोगको लक्ष्याण देखिनथालेपछि सरकारले त्यसतर्फ अध्ययन अगाडी बढाएको हो ।

स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले प्रभावीत मध्ये मृत्यु हुनेको दर उच्च रहेको पाइएपछि निपा भइरसको आसंका गरी सो सम्बन्धी अध्ययन अगाडी बढाएको जनाएको छ । लेटाङ्ग र पथरीमा गरी १० जना विरामी भएकोमा ७ जनाको मृत्यु भएको, १ जनामा पक्षघात भएको र दुई जना अझै उपचारको क्रममा रहेको हुदा पहिले भनिएको जापानीज इन्सेफ्लाईटिस नभएर निपा भाइरस हुन सक्ने आसंका गरेको हो ।

‘मृत्युदर उच्च देखीएको हुदा नीपा भाइरसको आकंका गरी अध्ययन सुरु भएको हो ।’ महाशाखाका निर्देशक डा बाबुराम मरासीनिले राजधानी संग भने ‘अहिले सम्म इन्सेफ्लाइटीसको उच्च मृत्युदर २५ देखी ३० प्रतिशत मात्र छ, तर यहा ७० प्रतिशत भन्दा माथी गयो ।’ प्रभावीत सो क्षेत्रमा सरकारले इन्सेफ्इटीस विरुद्धकोृ खोप पटक पटक लगाएको र प्रभावित र मृत्यु हुनेहरुलाई पनि सो रोगको भ्याक्सीन लगाइसकेको हुदा इन्सेफ्लाईटीस नभइ अन्य कारणले नै मृत्यु हुन सक्ने उनले बताए । बढी मृत्युदर भएको र लक्ष्यणहरुको आधार हेर्दा निपा भाइरस संग मिल्दोजुल्दो देखीएकाले त्यसतर्फ अध्ययन सुरु गरीएको उनले बताए ।

के हो निपा भाइस ?
चमेरोमा देखीने निपा भाइसर मलेसीयामा पहिलोपटक देखीएको थियो । मलेसीयामा वंगालादेशबाट गएर काम गर्ने धेरै कामदार रहेका कारण २००४ मा बंगालदेशमा देखीएको थियो । त्यसवेला देखी वंगलादेशमा निरन्तर दुई सय भन्दा वढीको मृत्यु हुदै आएको बिज्ञहरु वताउछन् । वंगालादेश हुदै सन् २००८ मा नेपालको पुर्वी नाकाको सिमाना सिलीगुडीमा यो भाइरस देखीएको डा मरासिनी बताउछन् । चमेरोको साथै सुगुरबाट पनि यो रोग चाडै मानिसमा सर्ने हुदा मलेसियामा यो भाइरस देखीएपछि सुगुर मार्ने अभियान नै चलेको थियो ।

चमेरो, सुगुर जस्ता जनावारबाट सर्न सक्ने सो रोगका धेरै लक्ष्यणहरु जापानीज इन्सेफ्लाइटिस रोगका लक्ष्यण संग मिल्दाजुल्दा हुने शुक्रराज ट्र्पिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउछन् । उनि सो रोग मानिसमा लागेपछि मान्छे बाट मान्छेमा नै पनि सर्न सक्ने बताउछन् । सो रोग लागेपछि ३ देखी १४ दिन सम्म ज्वरो आउने, दिमागी असन्तुलन हुदै जाने, पक्षघात हुने वा मानिसको मृत्यु समेत हुनसक्ने डा पुनको भनाई छ ।

हालसम्म नेपालमा नदेखीएको सो रोगको आसंका भएमा सरकारले तुरुन्त परिक्षण गरी रोकथामको तयारीलाई अगाडी बढाउनुपर्ने उनको भनाई छ । यदी निपा भाइरस पुष्टी भएमा सरकारले अस्पतालहरुमा छुट्टै आइसोलेसन बाड स्थापना गरी उपचार गर्नुपर्ने उनी बताउछन् । नेपालमा पहिलोपटक आसंका गरीएको सो भाइरस बंगालादेशबाट खुल्ला सिमानाका कारण आउनसक्ने उच्च संभावना रहेको विज्ञहरुले पहिले देखीनै सुझाव दिदै आएका थिए ।
(भिषा काफ्लेले-राजधानी दैनिकबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com