काठमान्डू भाद्र १३,
तीज पर्वको सन्दर्भ पारेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो महिला तथा बालबालिकाको हकहित संरक्षण सम्बन्धमा राज्यका विभिन्न निकायसँग अन्तरक्रिया गरेको छ ।
आयोगको कार्यालयमै आयोजित अन्तरक्रियामा विभिन्न मन्त्रालयका सचिवहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुख तथा वरिष्ठ अधिकारीहरु र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नेपाली महिलाहरुले देशभित्र र बाहिर पनि दिनदिनै विभिन्न हिंसा र शोषण सहनु परेको भन्दै महिलाहरुलाई शोषण र हिंसाको नारकीय जीवनबाट मुक्त गर्नका लागि सम्पूर्ण संयन्त्रले इमान्दारीपूर्वक काम गर्नु जरुरी भएको बताए ।
महिला तथा बालबालिका समाजमा सबैभन्दा जोखिमयुक्त अवस्थामा रहेको भन्दै उनले सबै क्षेत्रले गम्भीर भएर काम गर्दा उनीहरुको हीत गर्न सकिने विश्वास ब्यक्त गरे । अख्तियार प्रमुख कार्कीले अबका दिनमा महिला तथा बालबालिकाविरुद्ध हुने क्रियाकलापलाई पनि आफूहरुले निगरानीमा राख्ने पनि बताए । by, NB: