दारेचोक गाविस साक्षर घोषणा I

भरतपुर १९ साउन ,

चितवनको पहाडी क्षेत्रमा रहेको दारेचोक गाविसलाइ आज एक कार्यक्रमका बीच साक्षर गाविस घोषणा गरिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले सो गाविसलाई साक्षर घोषणा गर्नुभएको हो ।

गाविस भित्रका ९८ दशमलव ५ प्रतिशत निरक्षरलाई साक्षर बनाई गाविसलाई साक्षर घोषणा गरिएको सचिव निलकण्ठ लामिछानेले जानकारी दिनुभयो । साक्षर घोषणा गर्नुपुर्व गाविस भित्र १४ वटा साक्षरता कक्षा सञ्चालन गरी १ ४ सय ४० जनालाई साक्षर बनाईएको उहाँले जानकारी दिनभयो ।

सो कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका उपसचिव गंगाधर रिमाल,श्रोत व्यक्ति विष्णु सापकोटा,साना किसान कृषि सहकारी संस्थाका नरबहादुर नेपाल,मस्र्याबदी शिक्षा सदनका श्रीप्रसाद कँडेल,प्रगति पाठशालाका टकं त्रिपाठी,सर्बशक्ति उच्च माविका प्राचार्य एकराज शर्मा,नेपाली काँग्रेसका गाउँ सभापति मित्रलाल त्रिपाठी,एमालेका क्षेत्रीय अध्यक्ष नारायणप्रसाद अधिकारी लगायतले वो ल्नुभएको थियो ।

दारेचोक स्वास्थ्य चौकी इन्चार्ज सरिता पौडेलले स्वागत मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रम गाविस सचिव निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com