दुई दिने अभिमुखीकरण कार्यक्रम I

जुटपानी १९ साउन,

सामुदायिक वन उपभोक्ता महासंघ चितवनको आयोजना र युएसएडको सहयोगमा सहभागिता मुलक अनुगमन मुल्याबकन,चिन्तनमनन् तथा सिकाई सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आज वाट सुरु भएको छ ।

पूर्वी चितवनको जुटपानी–४ स्थित उदयपुर सामुदायिक वन उपभो क्ता समुहको कार्यसमिति तथा उपभोक्ताहरुको लागि सो कार्यक्रम आयो जना गरिएको हो ।

चितवन अन्नपूर्ण भू परिधि,हरियो वन कार्यक्रम अन्र्तगत सञ्चालित कार्यक्रममा हरियो वन कार्यक्रम सहजकर्ता सुमिना कुँवर र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा अन्र्तगत हरियो वन कार्यक्रमकी फिल्ड संयोजक सुनिता छल्कुलीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा उदयपुर सामुदायिक वन उपभोक्त समुहका अध्यक्ष के शव लामा,नेपाल रेडक्रस सोसाईटी जुटपानीका सभापति गणेश शर्मा पौडेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com