रत्ननगर १९ साउन
पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको
गामवेसीको चेपाब संरक्षण केन्द्रलाई सपना
भिलेज सोसियल इम्प्याक्टले प्रदान गर्दै
आएको सहयोगलाई निरन्तरता दिने सहमति
भएको छ ।
सोसियल इम्प्याक्टले गत कात्तिक
महिना देखि वालवालिकालाई विहानको खाजा स्वरुप
मासिक २० हजार रुपैया सहयोग गर्दै आएको
थियो ।
विगतको दस महिने कार्यक्रम सकिए
पनि सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले वालवालिकालाई अन्यत्र सहयोग
जुटाएर भएपनि सहयोग गर्ने घोषणा
गर्नुभएको हो ।