उमेर ९ वर्ष, साताको खान्की १८० वटा केरा, ८ किलो आलु, १४ किलो चामल, ८ किलो माछा I

श्रावन २०,

उमेर ९ वर्ष । एक हप्ताको खान्की– १८० वटा केरा, ८ किलो आलु, १४ किलो चामल, ८ किलो माछा । यी हुन् भारत पश्चिम बंगालकी ९ वर्षीया सुमन खातुन । उनी एक हप्ताभरमा यतिका खाना खान्छिन्, तै पनि उनी अघाउन्न् ।

उनको ज्यादै खाने बानीले परिवारसमेत चिन्तित छन् । त्यसभन्दा पनि बढी चिन्ता दिनहुँ बढ्ने उनको तौलले हो । बालिकाको तौल ९२ किलो पुगिसकेको छ । उनलाई बंगाली मिठाई, क्रिम केक सबैभन्दा मनपर्छ । तर, उनलाई उभिन, बस्न, सुत्न, खेल्न र अरु साथीजस्तै कुद्न समस्या भैसकेको छ । ‘छोरीको भविष्यप्रति निकै चिन्ता लाग्छ’, उनकी आमा बेलि बिबिले भनिन् । उनका अरु सन्तान भने सामान्य नै छन् ।

उनले छोरीको तौल घटाउन र खाने बानी नियन्त्रण गर्ने विषयमा डाक्टरहरुलाई अनुरोध गरिसकेकी छिन् । डाक्टरहरुले भने बालिकालाई हाइपरथाइरोडिजमको समस्या हुन सक्ने र अहिल्यै नियन्त्रण नगरे मधुमेह र मुटुको समस्या निम्तने चेतावनी दिएका छन् । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com