नेपाल विद्यार्थी संघ, चितवनको विज्ञप्ति I

प्रस्तुत विषयमा आज मिति २०७१ भदौ ११ गते विभिन्न संचारका माध्यमहरुमा नेपाल विद्यार्थी संघ, चितवनको विज्ञप्तिको विषयमा नेपाल विद्याार्थी संघ, चितवनको ध्यानाकर्षण भएको छ ।

निजी तथा आवाशीय विद्यालय संगठन (प्याब्सन), चितवनले चितवन जिल्लाका सम्पूर्ण निजी तथा आवाशीय विद्यालयहरुमा गरेको भारी मूल्य बृद्धिलाई समायोजन एवं घटाउनका लागि अन्य विद्यार्थी संगठन झै एवं नेपाल विद्यार्थी संघले जिल्ला पूर्व सचिव परमेश्वर खनाललाई प्रतिनीधि बनाई वार्तामा पठाएको जानकारी गराउन चाहन्छौं ।

३५ प्रतिशत सम्म भएको भारी शुल्क बृद्धिलाई केहि हद सम्म भएता २२ प्रतिशतमा झारेर शुल्क उठाउने यसरी नेपाल विद्यार्थी संघ, चितवनको जिम्मेवार विद्यार्थी नेताले गरेको निर्णयलाई हामीलाई थाहा छैन, हाम्रो संलग्नता छैन र निर्णय भै सके को कुरा हामीलाई मान्य हुने छैन भनि संचार माध्यमहरुमा आएका यस प्र कारका विज्ञप्तिहरु जो कसैलाई नपठाउनुहुन अनुरोध गर्दछौं र साथै सो निर्णय नै नेपाल विद्यार्थी संघको आधिकारीक निर्णय भएको व्यहोरा समे त जानकारी गराउन चाहन्छौं । प्रदिप अधिकारी कार्यबाहक अध्यक्ष ने.वि.संघ, चितवन जय नेपाल ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com