कास्की, भाद्र ११,
साउन महिनाभरि हरियो चुरा र मेहँदीको यसरी चर्चा भयो, मानौं महिलाले हरियो चुरा र मेहँदी लगाउँदा महिला अधिकार र स्वतन्त्रतामाथि पहाडै खस्न पुगेको छ। यतिबेला बहस पहिरनमा मात्रै होइन, हिन्दु संस्कृति र महिलासँग जोडिएको धार्मिक पर्व तीजको व्रतमाथि पनि त्यत्तिकै चलेको छ। सारी, चोलो, चुरा, पोते र सिन्दूरमाथि मात्र होइन, 'तीजको व्रतले महिलालाई पुरुषको दास बनाएको' भनेर नारीवादी बहस चुलिएको छ।
संस्कृति आफैंमा एउटा पहिचान हो। कुनै पनि राष्ट्र, समाज, जाति वा व्यक्तिको पहिचान संस्कृतिले पनि निर्धारण गरेको हुन्छ। आधुनिकताका नाममा आफ्ना सांस्कृतिक पहिचानमाथि नै प्रहार हुनुलाई सकारात्मक संकेत मान्न सकिँदैन। सांस्कृतिक पर्वहरूको मूल मर्म र सामाजिक महत्त्वलाई ख्यालै नगरी सतही टिप्पणीमात्र गरेर चर्चामा आउनु अलग्गै कुरा हो, तर तीज पर्व साँच्ची नै 'दासताको प्रतीक' हो भन्दै यसलाई बहिष्कार गनुपर्छ भन्ने आवाज कतैबाट आउनसकेको देखिएको छैन। बरु जाजोले यस्ता बहसको सिर्जना गरिरहेछन्, उनीहरूले नै तीजको नाममा टन्न खाने र मोजमस्ती गर्ने गरेको देखिएको छ। विशुद्ध धार्मिक पर्व तीज आज व्यापारिक पर्व बनेको छ। उपभोक्तावादी संस्कृतिले यसलाई खर्लप्पै निलेको छ। तीज गीतका सौन्दर्य लोप भएर अचेल 'रत्यौली हो कि तीज' छुट्याउन गाह्रो हुँदैछ। यसतर्फ किन कसैको ध्यान जाँदैन? एकातिर तीजको व्रतलाई वाहियात् भन्ने अर्कोतिर त्यही तीजलाई महिलाहरूले नै एक महिना लामो र भडकिलो बनाउने कस्तो विरोधाभास?
अघिल्लो दिन टन्न दर खाएर भोलिपल्ट व्रत बस्नु स्वास्थ्यको हिसाबले पनि उचित नै हुन्छ। रह्यो 'पतिको लागि व्रत बस्ने भन्ने कुरा!' आज कुनै पनि महिला केवल पतिकै लागिमात्र भनेर व्रत बस्दिन। नत आज कसैले उसलाई बाध्य गर्न सक्छ। स्वेच्छाले व्रत बस्नु र आफू र परिवारको कल्याणको कामना गर्दै ईश्वरको उपासना गर्नुलाई दासत्वको रूपमा लिइनु पनि गलत हुनजान्छ। पति र पत्नी मिलेर सुखी परिवार बन्छ। आज यी दुबैका सोचमा परिवर्तन आएको छ र दुबैले एकअर्काको कल्याणको कामना गरिरहेका हुन्छन्। कुनै बेला पानी पनि नपिई व्रत बस्ने सासूहरू आज बुहारीलाई 'फलफूल खाएर व्रत बस' भन्न थालेका छन्। धर्म र संस्कृतिका नाममा हुने हिंसा र दमन उहिलेको तुलनामा आज निकै कम भएका छन्। आजका कुनै पनि पतिले पत्नीलाई खुट्टाको जल खान बाध्य पार्दैनन्, बरु घरको 'चौकठ' नाघेर ऊ पनि बाहिर जाओस्, शिक्षित बनोस् र कमाओस् भन्ने चाहन्छन्। यसर्थ 'खाने' अर्थमा तीज ठीक र व्रत बस्ने अर्थमा बेठीक भन्नुभन्दा 'चेली मिलन'को यो पर्वलाई मर्यादित किसिमले जगेर्ना गर्नु नै उचित होला।
एकातिर मानिसको परिवर्तनशील सोचले पुराना मूल्य र मान्यताहरू भत्काउँदै 'नयाँ'को निर्माण गर्दै गैरहेको छ। अर्कोतिर पछिल्लो समयमा पहिचानका कुरा पनि जोडतोडले उठ्न थालेका छन्। पहिचान चाहिएको छ, मानिसलाई आफ्नै मौलिक! र पनि किन ऊ अरुको मात्र राम्रो देख्छ? अचम्मलाग्दो कुरा छ! आफ्नो धर्म, आफ्नो संस्कति, आफ्नो पहिरन फिटिक्कै राम्रो लाग्दैन, अरुकै राम्रो!
त्यही 'अरुकै राम्रो' देख्ने मानसिकताबाट ग्रस्त केही महिलाहरू आज हिन्दु संस्कृतिका अमूल्य धरोहर सारी, चोलो, चुरा, पोते र सिन्दूरलाई निक्कमा ठान्न थालेका छन्। मानौं यी चीजहरू नै हुन्, जसले महिलालाई अगाडि बढ्न दिएका छैनन्। एकदम जकडेर राखेका छन्। त्यसो त आफूलाई मनपर्ने र सहज लाग्ने पहिरन गर्ने सबैलाई अधिकार छ। विवाहित महिलाले हमेशा चुरा, पोते र सिन्दूरमा सजिएर हिँड्नैपर्ने बाध्यता पनि देखिँदैन अहिले। सांस्कृतिक मूल्य-मान्यता र महत्त्व आफ्नै ठाउँमा होला, तर यी सब लगाउँदैमा कसैको पति सत्जीवी हुने र नलगाउँदैमा मरिहाल्ने पनि होइन। फेरि आफ्नो मौलिक पहिरन छोडेर अरुको नक्कल गर्दैमा महिला सशक्तीकरण हात्तै बढ्ने पनि होइन। विश्वका हरेक नागरिक स्वतन्त्र र सार्वभौम छन् र हुनुपर्छ। कसलाई के खान कस्तो लगाउन मन लाग्छ, त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो। यो टिकाटिप्पणीको विषय बन्नु हुँदैन। भूमण्डलीकरण र सांस्कृतिक अन्तरघुलनको असरबाट नेपाली महिलाहरू अछूतो रहनुपर्छ भन्ने मान्यता पनि होइन। कुरा जे भए पनि नारीका शौभाग्यका प्रतीकहरूलाई विवादमा ल्याउनु के कत्तिको जायज छ, यस विषयमा बहसको थालनी हुनु आवश्यक छ।
सारी, चोलो, चुरा, पोते र सिन्दूर हिन्दु महिलाको पहिचान हो भन्ने कुरामा आज पनि कमैको मात्र विमति होला। के साँच्ची नै सारी र चुरा, पोतेमा सजिने महिलाहरू पछाडि परेकै हुन् त? महिलाले आफ्नो पहिचान बनाइराख्न यी सबलाई बहिस्कार गरेर हिँंड्नु जरुरी छ? हामीलाई चाहिएको महिला आन्दोलन के हो र कस्तो हुनुपर्छ भनेर अब कुनै पनि संघ-संस्थाहरूले नाराजुलुस गर्नु पर्दैन होला। किनकि आम नेपाली महिलाहरू आज आफ्नो भविष्य आफैं बनाउन कस्सिइरहेछन्। उनीहरूलाई तारेहोटल, डान्सबार र छोटा कपडाको सपना होइन, आर्थिक स्रोत र साधनमाथिको पहुँचको सपनाले पिरोल्न थालेको छ। शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमको सपनाले पिरोल्न थालेको छ। त्यसैले आज उनीहरूको चेतनाको दायरा पनि फराकिलो हुँदै गैरहेको छ। उनीहरूलाई नत पहिरनको बहसले मद्दत गर्न सक्छ, न बार संस्कृतिले छुन नै।
भर्खरै मात्र मेघा बैंककी बैंकर रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन्। रातो सारी, हरियो ब्लाउज र रातो टीकामा सजिएकी उनको तस्वीर हेर्दा लाग्दैनथ्यो, उनी आफ्नो व्यावसायिक यात्रामा कहिलै सारीमा अल्झिएर लडिन् होला। के अबका दिनमा नेपाली महिलाले खोजेको परिवर्तनको लागि उनी 'रोलमोडल' बन्न सक्दिनन्? केही समयअघि भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आइन्। दक्षिण एसियाको सबैभन्दा शक्तिशाली राष्ट्रकी शक्तिशाली मन्त्री चुरा, पोते, सिन्दूर र सारीमा सजिएको देख्दा केही पुरुषहरूले आफ्नो सोचलाई बाहिर ल्याए, 'सुषमा स्वराजले सिउँदोभरि सिन्दूर, हातभरि चुरा र गलामा पोते लगाएर आइन्, तर नेपाली महिलाले किन लगाउन छोडे?' प्रश्न आफैंमा गलत नहुन सक्छ, तर ती प्रश्न गर्नेहरूले आफ्नै घरभित्र ती चुरा, पोते र सिन्दूर लगाउनेहरूलाई के कत्तिको अवसर दिएका होलान्, स्वराजजस्तै बनाउन? स्वराजको राज्यशक्तिमा पहुँच र उनको प्रभावशाली व्यक्तित्वतिर उनीहरूको नजर गए होला कि गएन होला? प्रश्न यहींबाटै।
पहिरनले नत रविना जस्तालाई छेकेको छ, न स्वराज जस्तालाई! इन्दिरा गान्धी र चन्दि्रका कुमारातुङ्गाहरूले सारीमै आफ्नो पहिचान स्थापित गरे, कहिल्यै अल्झिएर लडेनन्। आफ्नो संस्कृति भएको भए विश्वकै शक्तिशाली महिला एन्जेला मर्केल र हिलारी क्लिन्टनले पनि सारीमा सजिएर हिँड्थे होलान्। कुरा पहिरनको होइन, पहिचानको हो। सांस्कृतिक पहिचानले व्यक्तिको पहिचान निर्माण गर्न बाधा गर्दैन। मात्र अवसरको खाँचो पर्छ। त्यो अवसर हो शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमको।
फेरि पहिरनसँग व्यक्तिको चरित्रको मापन गर्नु पनि गलत हो। 'चरित्र' केवल महिलामा मात्र खोजिने गलत संस्कार सोचको अन्त्य हुनु पनि त्यति नै आवश्यक छ। किन महिलासँग मात्रै गाँसिएर आउँछ यो 'चरित्र'? प्रश्न गर्ने साहस आम महिलाले गर्न सक्नुपर्छ। तर कुनै परुषले गलत काम गर्यो भन्दैमा 'समानताको लागि' महिलाले पनि त्यही गर्नुपर्छ भन्नु समानताको परिभाषाभित्र पर्दैन। यसले त आजको समाजले खोजेको महिला आन्दोलन र परिवर्तनलाई नै घात गर्छ। आज गाउँ-गाउँमा महिलाहरू संगठित भएर मदिरा र जुवातास नियन्त्रण गरिरहेका छन्, आय आर्जनका विभिन्न स्रोत पहिल्याउँदै आफूलाई आर्थिक रूपले बलियो बनाउन थालेका छन्, त्यो हो महिला आन्दोलन! आम नेपाली महिलाले खोजेको अधिकार र नारीवाद सहरी महिलाले खोजेको नारीवादसँग नमिल्न सक्छ। सहरी महिलाले खोजेको नारीवादसँग उनीहरूको सरोकार नहुन पनि सक्छ। कुनै पनि आन्दोलनको उद्देश्य सही भए पनि त्यसको बाटो गलत, प्रस्तुति गलत भयो भने त्यो आन्दोलन आफैंमा एउटा अतिवादी आन्दोलन हुनजान्छ।
कुनै बेला विधवा बुहारीलाई अलच्छिनी सम्झने हाम्रो समाजमा अहिले सासू-ससुरा नै विधवा बुहारीलाई रातो टीका र रंगीन कपडा लगाउन दिंदै भन्न थालेका छन्, 'हात खाली नराख, चुरा पनि लगाए हुन्छ।' समाज यसरी परिवर्तन भएको छ! स्वस्फुर्त रूपमा परिवर्तनलाई स्वीकार्न अबका महिला सक्षम र सचेत भएका छन्। चुरा, पोते र फरिया फाल्दैमा महिलाहरूमा सशक्तीकरण आउन सक्दैन। उनीहरूले खोजेको परिवर्तन आर्थिक सशक्तीकरण हो, राज्यका स्रोत, साधन र अवसरमा समान पहुँच हो। जुन पहुँचले उनीहरूलाई दास मानसिकताबाट बाहिर निस्केर 'म पनि मालिक हुँ' भनेर सोच्न सक्ने बनाउँछ। अबको नारीवादी बहस यसैमा केन्द्रित हुनुपर्छ, नकि पहिरनमा। रामेश्वरी पन्त-इकान्तिपुर :