भाद्र ११ ,भर्जिनिया
विजय थापा
: नेपाल अधिराज्य भर बाढी पैरोको कारण धन जनको भिषण क्षति प्रति मानवीय सहायता गर्ने पवित्र उदेश्य साथ नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाले १ लाख १ हजार आर्थिक सहयोग गर्ने भएको छ । उक्त रकम केवल कार्यकारी समितिका सदस्यहरुबाट उठाईएको हो ।
नेपाली कांग्रेसले काठमाडौँको बाढी पिढितको लागि खोलिएको राहत कोष अन्तर्गत नेपाल बैंक लिमिटेडको खातामा जम्मा हुने गरि पठाउने निर्देशन दिई सकिएको भर्जिनिया शाखाले जनाएको छ l
बाढिपिडितबाट सयौ मानिसहरुले ज्यान गुमाउनु परेको छ भने हजारौ मानिस बिस्तापित भएका छन ।
यस्तो आपत र बिपत अवस्थामा परदेशमा बसेका हामीले धेर थोर जे सहयोग गर्न सक्छौ त्यो गर्नु पर्छ भनि समितिमा कुरा उठाएर यति रकम उठाईएको अधक्ष्य राम शरण हुमागाईले बताए भने सहयोग गर्ने सम्पूर्ण कार्यकारी समितिका साथीहरुलाई धन्यबाद दिए lहामी बीपीका आदर्श र सिद्धान्त प्रति आस्थावान र कर्तब्य निष्ठ छौ भन्दै हामी मानवीय तथा सामाजिक सेवा गर्न त्यतिनै अग्रसर छौ सभापति हुमागाईले भने ।