अमेरिकामा जनै पुर्णिमा तथा रक्षा बन्धन यसरि मनाईयो I

साउन २६ ,भर्जिनिया 

विजय थापा :  अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली संस्कृतिको रक्षा गरौ भन्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगत बर्ष झैँ यस बर्ष पनि श्रावण शुक्लपक्षको पुर्णिमा तिथिको साइतमा जनै पुर्णिमा र रक्षा बन्धन मनाएको छ । 

बिगत ४ बर्ष देखि जनै पुर्णिमा मनाउदै आएको संस्थाले आफ्नो संस्कृति तथा धर्मको रक्षा गर्ने मुख्य उदेश्य रहेको जानकारी समाजका अधक्ष्य अरुण रुपाखेतीले बताए । उनले अगाडी भने बिदेशमा रहेका बालबालिका तथा भावी सन्ततिलाई यसको महत्व बारे जानकारी गराउदै उनीहरुलाई हस्तान्तरण गरिने बताए ।
संस्थाका महा सचिब कमल पोखरेलले बिगत बर्षमा आएका श्रद्धालु भक्तजनको आंकडा दिदै यस बर्ष बिदाको दिन परेकोले धेरै समुदाय सदस्य आएको बताउदै संस्थाले नेपाली संस्कृतिलाई पस्किने जमर्को गरेको बताए । आउने सबैलाई जनै ,डोरा र नौ जातका अङ्कुरित गेडागुडी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाँटी खुवाएको बताए । 

संस्थाका अर्का पदाधिकारी दधि ढुंगानाले यो कार्यक्रमको लागि पूर्ण तयारी साथ प्रस्तुत भएको भन्दै पण्डित राजेन्द्र खनाल द्वारा सबैलाई डोरा लगाई दिनुको साथै जनै पनि वितरण गरिएको बताए भने आउने दिनमा यसलाई निरन्तरता दिने बताए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com