अभिनेता श्री कृष्णको अन्तिम बिदाइ I

काठमान्डू श्रावन २६,

उपचारको क्रममा दिल्लीमा निधन भएका अभिनेता श्रेष्ठको काठमाडौंमा भावपूर्ण शवयात्रा पछि २६ साउन साँझ अत्येष्टी गरिएको हो ।

पशुपति आर्यघाटमा अत्येष्टी गरिनुअघि काठमाडौंका विभिन्न ठाउँमा शवयात्रा गरिएको थियो । शवयात्रामा उनका शुभेच्छुक, कलाकार/चलचित्रकर्मी, राजनीतिक दलका नेता, सर्वसाधारण लगायतको बाक्लो उपस्थिति थियो ।
 अभिनेता श्रेष्ठको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह ल्याएसँगै शवयात्रा शुरु भएको थियो । विमानस्थलबाट शुरु भएको शवयात्रा सिनामंगल, नयाँबानेश्वर, कमलादी हुँदै गौशाला–पशुपति आर्यघाटसम्म चलेको थियो । शवयात्राको क्रममा उनका शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

उनको शवलाई कमलादीस्थित प्रज्ञा भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी भएपनि भीडका कारण संभव भएको थिएन । कमलादी अगाडि शवसहितको गाडी केहीबेर रोकेर आर्यघाटतर्फ लगिएको थियो ।

नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा उपचारको क्रममा २४ साउन राति निधन भएका श्रेष्ठको शव एयर इन्डियाको विशेष विमानबाट २६ साउन अपरान्ह काठमाडौं ल्याइएको थियो । उनको सम्मानमा सरकारले राष्ट्रिय झण्डा ओढाउने र सलामी दिएको छ । सरकारले पहिलोपटक कलाकारलाई यस्तो सम्मान दिएको हो । तस्वीरः ऋषिराम कट्टेल, हिमाल खबर :


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com