मैले के गरें सायद,
भूल् त होला,
पाप भनौ या पुन्य,
जान्नलाई खोज्दथें।
त्यो प्यार सायद्,
मैले नैं गर्दथें
झरेको फूलको पात्,
भूईबाट टिपी पुज्दथें।
त्यो स्कंल्प सायद्,
मैले नैं गर्दथे,
आत्मीय त्यो धाँगामा
साईनोको माला गाँस्दथे।
त्यो विश्वाश् सायद्,
मैंले नैं पाउँदथें,
निभेको त्यो दीप शीखा,
फेरि बाल्न खोज्दथें।
गोपाल प्रधान