अस्ट्रेलियाको अस्पतालले २०० जना बिरामीलाई यसरि मृत घोषणा गरेपछि I

एजेन्सि श्रावन ३१,

अस्ट्रेलियाको एक अस्पतालले गत बिहीबार भुलबस २०० जना बिरामीलाई मृत घोषणा गरेको छ । भिक्टोरियामा रहेको सबैभन्दा धेरै सञ्जाल भएको अस्टिन हस्पिटलले डिस्चार्जका क्रममा बिरामीलाई मृतक लेखेको थियो । 

बिरामी अस्पतालबाट डिस्चार्ज भएपछि घरमा पठाउने सूचनामा मृतक लेखेर पठाएको थियो । अस्पतालले गल्तीका कारण बिरामीपक्षमा पर्नगएको असुविधाप्रति क्षमा मागेको छ । अस्ट्रेलियाको मेडिकल एसोसिएसनले भने अस्पतालको त्यो गल्ती स्विकार्ने खालको नरहेको बताएको छ । 

मेडिकल एसोसिएसन भिक्टोरिया शाखाका अध्यक्ष टोनी बार्टनले अस्पतालको यो घटनाले सम्पूर्ण चिकित्सकहरु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले भिक्टोरियाको स्वास्थ्य आइटि प्रणाली कमजोर रहेको पनि बताएका छन् । 

अस्टिन अस्पतालका लागि ५ महिनाको बिचमा यो घटना दोस्रो टाउको दुखाइको विषय बनेको छ । यसअघि अस्पतालको कम्प्युटराइज्ड बिरामी दर्तामा त्रुटि हुदा महत्वपूर्ण विशेषज्ञ सेवामा बिरामीले सास्ति बेहोर्नु परेको थियो । भिक्टोरिया प्रान्तका स्वास्थ्य मन्त्री डेभिड डेभिसले ‘संघर्षशिल स्वास्थ्य प्रणाली भन्नु’ हास्यास्पद रहेको बताएका छन् । सो घटनाको संसदमा समेत आलोचना भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com