डब्लुएचओको १० अरब रुपियाको योजना सुरु :
मेडिकल च्यारिटी संस्था मेडिमसिन्स् साइन्स फ्रन्टियर्स (एमएसएफ) ले पश्चिम अफ्रिकामा फैलिएको इबोला भाइरस नियन्त्रणमा आउन कम्तिमा पनि ६ महिना लाग्ने बताएको छ । एसएसएफका अध्यक्ष जोने लियले जेनेभामा भने, ‘जति छरितो हामिले इबोलाको स्थितीलाई नियन्त्रण गर्न खोजेका थियौं, स्थिती त्यो भन्दा बढि रफ्तारमा बिग्रदै थियो ।’
लियले यदि आइबेरियामा भएको इबोलाको हालतलाई नियन्त्रण गर्न नसके यसको संक्रमणलाई नियन्त्रण गर्न मुश्किल पर्ने बताएका छन् । उनले इबोला संकटसंग लड्न महिनौंको प्रतिबद्धता चाहिने पनि बताएका छन् ।
प्राण घातक इबोलाको संक्रमणबाट हालसम्म एक हजार भन्दा बढिको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एबोलाको संक्रमण दरको गम्भिरतालाई अवमुल्यन गर्दा समस्या थपिएको बताएको छ ।
हजारौंको मृत्यु भइसकेपछि डब्लुएचओले इबोला बिरुद्ध लड्न करीब १० अरब रुपियाको योजना सुरु गरेको छ । पश्चिम अफ्रिकी देश गिनी, लाइबेरिया र सियरा लियोनमा गत फेवरेवरीबाट इबोलाको हमला सुरु भएको थियो । यो समस्याबारे डब्लुएचओका महानिर्देशक मार्गरेट चानले गिनी, लाइबेरिया र सियरा लियोनका राष्ट्र प्रमुखसंग गिनीमा कुराकानी गरेका छन् । डब्लुएचओले संक्रमणको स्थितीलाई नियन्त्रणमा ल्याउन अत्याधिक विशेषज्ञ चिकित्सकको खाँचो पर्ने बताएको छ ।
डब्लुएचओ (World Health Organization) ले पनि इबोला संक्रमण केहि समय जारी रहने आशंका गरेको छ । ‘अत्याधिक गरीबी, कमजोर स्वास्थ्य व्यवस्था र चिकित्सकको अधिक कमिका कारण संक्रमित देशमा रोग रफ्तारमा फेलिने खतरा छ’ डब्लुएचओको विज्ञप्तीमा उल्लेख छ । लाइबेरियाका राष्ट्रपति एलेन जान्सन सरलीफले रोगको प्रकोप विनाशकारी भइसकेको बताएका छन् ।
बिबिसी: