गजल By, गोपाल प्रधान


गजल: म भित्रको रगंमञ्च:

    जीवनको यो रगंमञ्चमा कलाकारको आँशु,
भित्र भित्र पीरहरू थिची,पिउँदछन् यी आँशु।

    अन्धकारको जमघटमा,मनोकामनाको प्ंक्षी,
 मीठा मीठा अर्थहरू झिकी,झर्दछन् यी आँशु।

    चौतारीको गनथनमा,आँधीहुरीसगकों अर्जी,
कत्रा कत्रा सत्यहरू पोखी,पोंख्दछन् यी आँशु।

    मातृभुमिको पराक्रममा,सेवाभावनाको ठेली,
ठुला ठुला मंन्त्रहरू खोली,सुम्पिछन् यी आँशु।

    कलाकारको यो तस्वीरमा,समझौताको आँशु,
खुला खुला फाँटहरू माँझ,लेख्दछन् यी आँशु।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com