खोटाङ, २५ साउन,
घरमा चर्पी नबनाउने व्यक्तिलाई खोटाङको पाथेकास्थित राजनीतिक दलहरूले पार्टी सदस्यता नदिने घोषणा गरेका छन् ।
गाविसलाई आगामी माघ मसान्तभित्रमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन गाविसका सबै राजनीतिक दलका स्थानीय नेतृत्वले घरमा चर्पी नबनाउने व्यक्तिलाई पार्टी सदस्यता नदिने घोषणा गरेका हुन् ।
पाथेकामा आयोजना गरिएको सरसफाइ सम्मेलनमा सहभागी राजनीतिक दलका स्थानीय नेताले चर्पी नबनाउने र चर्पी प्रयोग नगर्ने व्यक्तिको पार्टी सदस्यता नवीकरण नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन बाध्यात्मक परिस्थिति सिर्जना गर्न स्थानीय नेताले यस्तो घोषणा गरेको खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति खोटाङका सदस्य धनप्रसाद गिरीले जानकारी दिए ।
आगामी माघ मसान्तभित्र पाथेकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने, चर्पी नबनाउने व्यक्तिलाई दण्डनीय र सामाजिक अपराधी मान्ने, चर्पी नबनाउनेलाई राज्यका सेवासुविधामा कडाइ गर्ने लगायतका ११ बुँदे घोषणापत्र जारी गर्दै गाविसस्तरीय सरसफाइ सम्मेलन गरिएको गिरीको भनाइ छ ।
सरसफाइ सम्मेलन नवयुवा फुलपाती सेवा समाज पाथेकाको सहजीकरण तथा गाविसस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा भएको हो । रासस :