सुनकोसी तलाउमा पानीको बहाव बढ्दै I

चौतारा श्रावन २५,

सिन्धुपाल्चोकको राम्चे–५ को जुरेमा गएको भीषण पहिरोले थुनिएको सुनकोसीको कृतिम तलाउको पानीको बहाव बढेको छ ।

नेपाली सेनाको उद्धार टोलीले आइतबार अपराह्नसम्म तीन पटक विष्फोट गराएपनि हिजो शनिबारको तुलनामा तलाउको बहावमा वृद्धि भएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए ।

त्यसैगरी वैकल्पिक सडक खुलाई बाह्रबिसेसम्मको यातायात सञ्चालन भई अत्यावश्वक सामग्रीको ढुवानी सुरु भएको छ ।

वैकल्पिक सडकको लागि बाँधस्थलदेखि टेकनपुर तौथली–पिस्कर–धुस्कुन हुँदै बाह्रबिसेसम्मको ग्रामीण सडकलाई मर्मत गरी मिनीट्रकलगायत साना सवारीसाधन सञ्चालन भएपछि बाह्रबिसेसम्म सामान ढुवानी सुरु भएको डिभिजन सडक कार्यालय दोलखाका इन्जिनियर अरुणकुमार श्रीवास्तवले जानकारी दिए ।

साविकको सडकबाट बाह्रसिबेसम्म छ/सात किलोमिटर पर्नेमा वैकल्पिक सडकको दूरी ३४ किलोमिटर पर्ने जनाइएको छ ।

त्यसैगरी नेपाली सेनाले पनि वैकल्पिक सडकको रुपमा ड्यामसाइटबाट साविकको एक किलोमिटर सडक प्रयोग गरी करिब तीन किलोमिटर नयाँ सडक निर्माण गरी धुस्कुन हुँदै बाह्रबिसेसम्म पुर्‍याउने काम सुरु भइसकेको इन्जियर श्रीवास्तवले जानकारी दिए । - रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com