इबोला भाइरस भित्रिन नदिन सप्तरी बेल्ही भन्सारमा हेल्थडेक्स I

सप्तरी, १२ भदौ,

इबोला भाइरस सङ्क्रमितलाई जिल्ला भित्रिन नदिन जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सप्तरीको तिलाठीस्थित बेल्ही भन्सारमा हेल्थडेक्स स्थापना गरेको छ । 

भारतसँग जोडिएको कुनौली बजार ओहोर–दोहोर गर्ने मानिसको माध्यबाट इबोला सङ्क्रमण भित्रिन सक्ने भएकाले त्यसको निगरानी गर्न हेल्थडेक्स स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख विजय झाले जानकारी दिए । हेल्थ डेक्समा चिकित्सक तथा कर्मचारी परिचालन गरिएको छ । 

इबोलाबाट जोगिन जनचेतना फैलाउन सीमाक्षेत्रमा वालपेन्टिङ गर्नुका साथै चेतनामूलक पोष्टरसमेत टाँसिएको जानकारी दिँदै प्रमुख झाले कुनौली नाका भएर मानिसको आवतजावत अत्यधिक हुने भएकाले सीमा क्षेत्रमा खटिएका प्रहरीले समेत निगरानी बढाएको बताए । 

यसैबीच इबोला भाइरस सङ्क्रमितलाई जिल्ला भित्रिन नदिन तिलाठी बेल्हीमा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखका साथै सीमा क्षेत्रका स्थानीयसँग बेल्ही भन्सारमा अन्तत्र्रिmया गरिएको छ । कार्यक्रममा इबोला भाइरसका लक्षण, त्यसबाट जोगिने उपाय र सतकर्ता अपनाउने विधिका बारेमा जनस्वास्थ्य प्रमुख झा र चिकित्सकले सहजीकरण गरेका थिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com