नयाँदिल्ली भाद्र १२,
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाकी एक महिलाले हसियाको मद्दतले आफूलाई आक्रमण गर्ने चितुवा मारेकी छन्। कमला नेगी नाम गरेकी ती घाइते महिलालाई अहिले स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
खेतमा पानी हाल्न गएका गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो। चितुवाले आक्रमण गरेको देखेर गाउँलेहरू अगाडि सरेर उनलाई बचाउन डराए, तर ती महिलाले हिम्मत हारिनन् र आफूले खेतीका लागि बोकेको औजारले नै चितुवासँग लडिन्।
चितुवाले आक्रमणपछि उनले करिब एक घन्टासँग चितुवासँग संघर्ष गरिरहिन्। 'कुनै बेला चितुवाले मलाई आक्रमण गथ्र्यो भने कुनै बेला चितुवा भुइँमा लडेपछि मैले उसलाई आक्रमण गर्थें', कमलानेगी भन्छिन्।
उत्तराखण्डकी बासिन्दा ५६ वर्षीया ती महिलाले बहादुरीका साथ लडेर चितुवा मारेकोमा अहिले चौतर्फी प्रशंसा भइरहेको छ। अहिले कयौं सञ्चारमाध्यमले उनको अन्तर्वार्ता लिइरहेका छन्। हिन्दुस्तान टाइम्स पत्रिकालाई उनले भनेकी छिन्, 'सुरुमा त चितुवाले आक्रमण गरेपछि निकै आतंकित भएकी थिएँ, तर पछि सम्झें मेरो हातमा हतियार भएपछि किन डराउने, अनि हसियाले नै उसमाथि जाइलागेँ।
मेरो अन्तिम दिन आइसकेको छैन त्यसैले म मर्दिनँ भन्ने दृढताका साथ लडें।' भारतमा चितुवाको संख्या त धेरै छैन, तैपनि त्यहाँका ग्रामीण क्षेत्रमा चितुवाको आक्रमण सामान्यजस्तो बनेको छ। सन् २०११ को गणनाअनुसार भारतमा चितुवाको संख्या एक हजार एक सय ५० रहेको छ। पछिल्लो दुई सातामा उत्तराखण्डमा चितुवाको आक्रमणको यो तेस्रो घटना हो। - एजेन्सी :