गजल By, मानन्धर अभागी


 गजल  By,  मानन्धर अभागी

जताततै गजलमा यो मन झुल्दैछ
 एकपछि अर्को गर्दै आन्दोलित भै उठ्दैछ

कलम त्यो जुरमुरायो मोतीको त्यो सम्झनामा
रोपी गएको अँकुर लटरम्म याँ फूल्दैछ

गजल यस्तो धार हो भित्रै देखि चिरिदिन्छ
वादल त्यो हटेर जो आकाश खुल्दैछ

जस्को आज जन्मदिन फूलका गुच्छाहरू लिइ
 सम्झेर आज ‘मोती’ सँसार नै भुल्दैछ ।

 मानन्धर अभागी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com