सडक र बालश्रम न्यूनीकरणको माग I

काठमान्डू साउन २०,

 बालश्रम न्यूनिकरण गर्न एकिकृत आयआर्जन कार्यक्रम ल्याउन सचेत भएका घरेलु बालश्रमिक र सडक बालबालिकाहरुले माग गरेका छन् । विभिन्न संस्थाहरुले बाल श्रम न्यूनिकरण गर्न विभिन्न कार्यक्रम ल्याए पनि आत्म निर्भर हुने खालका आयआर्जन मुलक कार्यक्रम लागु नहुदां घरेलु बालश्रमिक र सडक बालबालिकाहरुको समस्या जटिल भएको प्रष्ट पारेका थिए । 

घरेलु बालश्रमिक र सडक बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको दियालो परिवार नारायणगढ हिजो  भरतपुरमा सम्पन्न गरेको बाल संरक्षण र वालश्रम न्यूनिकरण कार्यक्रम अन्र्तगत बालश्रमिकहरुका लागि व्यवसायिक शिप विकास विषयक अन्र्तक्रियामा सहभागी बालबालिकाहरुले यस्तो माग गरेको हुन् । 

२०७६ सम्म भरतपुर नगपालिकालाई बालश्रम मुक्र नगर बनाउने अभियान सहयोग पुयाउन दियालो परिवारले अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको दियालो परिवारका कार्यक्रम निर्देशक राजगोविन्द सिल्पकारले जानकारी दिए । उनीहरुले आत्मनिर्भरका लागि बजारको समस्या नभएको शिपमुलक तालिममा उपयोगी हुने बताए । 

घरेलु बालश्रमिक र सडक बालबालिकाहरुको पुर्नएकिकरण कार्यक्रम अन्र्तगत २८ घरपरिवार लक्षित गरि दिन लागिएको कुक, ब्युटी पार्लर, मोटरसाईकल र्ममत र मोवाईल र्ममत तालिममा रुचि अनुसार सहभागीहरु छनौट गर्न अन्र्तक्रिया उपयोगी भएको दियालो परिवारका अध्यक्ष राजेन्द्र पियाले जानकारी दिए । 

सो कार्यक्रम अन्र्तगत प्रति व्यक्ति ३ हजार रुपैया सहकारी खाता खोलिदिने र १५ हजार बराबर सामाग्री समेत दिईन लागेको कार्यकारी निर्देशक केदारनाथ खनालले बताए । कार्यक्रममा चितवन होटल ट्रेनि· सेन्टरका प्रबन्ध निर्देशक सुन्दिप भट र नेपाल पत्रकार महासंघ चितवन शाखाका सल्लाहकार रमेश कुमार पौडेल लगायतले बोलेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com