फैलिएको झाडापखालाबाट एकको मृत्यु दर्जनौँ व्यक्ति प्रभावित I

गौर (रौतहट), १८  साउन ,

पछिल्लो केही सातादेखि रौतहटमा फैलिएको झाडापखालाबाट एक जनाको मृत्यु हुनुका साथै दर्जनौँ व्यक्ति प्रभावित भएका छन् । कनकपुर गाविस–६ को जङ्गलसहिया टोल निवासी शिवबालक गिरीका तीन वर्षीया छोरी अञ्जलीकुमारी गिरीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकका बाबु गिरी, आमा, दाइ र भाइ गरी परिवारका पाँच जना सदस्य झाडापखाला रोगबाट ग्रसित भएका छन् । यसैगरी झाडापखालाबाट प्रभावित बिरामीको उपस्वास्थ्य चौकी कनकपुर, कटहरिया प्राथमिक स्वास्थ्य प्राथमिक केन्द्र र चन्द्रपुर नगरपालिकास्थित क्लिनिकहरुमा उपचार भइरहेको स्थानीय समाजसेवी गणेश गिरीले जानकारी दिए । चन्द्रपुर नगरपालिकामा फैलिएको झाडा पखाला पनि पूर्ण रुपमा नियन्त्रण नभएको स्थानीयवासीले बताएका छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com