सेवा बन्द भएपछी एचआइभी सङ्क्रमित मारमा I

पर्सा साउन २२,

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाले एचआइभी सङ्क्रमितका लागि सिडिफोर काउन्ट परीक्षण सेवा बन्द गरेपछि जिल्लामा रहेका सङ्क्रमित मारमा परेका छन् । 

विद्युत् समस्याका कारण पाँच महिनादेखि सेवा बन्द भएपछि सङ्क्रमित काठमाडौं र चितवन लगायतका स्थानमा गई परीक्षण गराउन बाध्य भएका छन् । प्रयोगशालामा रहेको एसीलगायतका उपकरण सञ्चालनका लागि आवश्यक रहेको स्टेप्लाइजर नभएकाले सिडिफोर काउन्ट परीक्षण गर्न नसकिएको प्रयोगशाला प्रमुख हरिचन्द भगतले जानकारी दिए । 

करिब रु ९० लाख पर्ने सो उपकरण थन्क्याएर राख्दा बिग्रिने अवस्थामा पुगेको भगतले बताए । यस विषयमा नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक रामाशङ्कर ठाकुरसँग कुरा गर्दा उहाँले प्रयोगशालामा रहेको एसी र उपकरण सञ्चालनका लागि आवश्यक स्टेपलाइजर नभएको कारण सेवा बन्द गरिएको र बन्द सेवा सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com