गजल : By, सावित्रा लुइँटेल घिमिरे
रोएरै आधा जिन्दगी काटेँ बिरानो ठाउँमा
फर्किन्छु अब बोकेर माया जन्मेको गाउँमा !!
धनको खाडी यस्तै नै रैछ भरेर भरिन्न
बँचेको जीवन सुम्पिन्छु अब प्याराको नाउँमा !!
सुगन्ध कहाँँ माटोको यहाँ नेपाली भुमी झैं
पसिना संगै सम्बन्ध यहाँ बिक्दछ भाउमा !!
अर्काको देश अर्कैको भेष कतिन्जेल बुझाउँ मन
आफन्त बिना मखमलले पनि घोच्दछ पाउमा !!
एउटाले अर्को झार्दैछ फेरी तानेर खुट्टामा
मौकाको फाईदा लिनकै लागी बस्दछन् दाउमा !!
सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल