साउदी घटनामा मौनता I

 काठमान्डू श्रावन २५,

लक्ष्मी ज्ञवाली : गत हप्ता निकै त्रासदिपुर्ण खबर सामाजीक सन्जालमा आयो अनि मात्र दैनिक पत्रपत्रीकाहरुले ले छापे । साउदिमा नेपाली महिलाको घाटी सेरेर मृत्यु दण्ड । सुन्दा पनि काहाली लाग्दो यो खबर सबै नेपालीको कान सम्म पुग्यो । सरकार , मानव अघिकार कर्मी , र आफुलाई महिलाहरुको हक हितको लागी स्थापित गराउन लागि परेको भनि परिचय बनाउने नारीबादीहरु सबैले यो घटना सुनेको नसुने झै चुपचाप लागे । शोभा परिवारको गल्ती थियो वा निर्दोश मै सजायको भागिदार बनिन यो सत्यता शोभा परियार सँगइ नै रह्यो ।तर मृत्यु दण्ड जस्तो सजाय अनि परिवारले लास सम्म पनि बुझ्न नपाउने जस्तो अन्याय लाई सरकार ले कुनै चासो नै देखाएन अझ भन्नु पर्दा यो घटनाले सरकारलाई छुदै छोएन । मृतकको परिवारलाई आर्थीक राहात त परै जाओस उनि प्रती श्रदान्जली र परिवार प्रती समबेदना दिन समेत उचित ठानेन वर्तमान नेपाल सरकार ।

शोभा परियार जुन सुकै बाटो भएर साउदी पुगे पनि नेपाली राहादानी बोकेर नै त्यहाँ पुगेकी थिइन । नेपाली नागरिक हुन को लागी यो भन्दा बढी प्रमाण को आबश्यक नै पर्दैन । आफ्नो नागरीकको बिभत्स पुर्ण मृत्यु दण्ड हुँदा सरकार केहि नबोली दायित्व बोध बाट पन्छिन पक्कै पनि हुने थिएन । जसरी सरकार मौन बस्यो त्यसको जती नै आलोचना गरे पनि कमै हुन्छ । एक नागरिक त्यसमा पनि महिला माथी त्यती ठुलो सजाय हुँदा यो घटनाले के कस्तो असर पार्छ वा भबिश्यमा सजकता कसरी अपनाउने भन्ने तिर खै कसैको चासोको बिषय नै बनेन ।मर्ने मरी हाल्यो सिदिगो जस्तो मौनता सबै तिर देखिनु ले प्रजातान्त्रीक मुलुकमा पनि नागरिक को कुनै मुल्य नभएको कुरा बुझिन्छ ।

सरकारले अरु केहि गर्न नसके पनि हजारौ को संख्यामा बिदेशिएका महिलाहरुलाई शोभा परियारको मृत्यु द्ण्डको खबर ले बिचलित नबनाओस भन्नकै लागी पनि संयमता अपनाउन , होसियारी पुर्वक काम गर्न , तनाव पुर्ण स्थिती लाई ढाकछोप नगर्न भनि बिज्ञप्ती निकाल्नु पर्ने थियो । अर्को तिर मानव अधिकार कर्मी हरु पनि मस्त निद्रामा नै देखिए, मरेको ब्यक्ती कोही पनि फर्काउन सक्दैन तर घाटी सेरेर मृत्यु डण्द दिने जस्ता मुलुकाहरुमा नेपाली महिला घरेलु कामदारको रुपमा जान बन्द गरिनु पर्छ भनि सरकारको ध्यान आकर्षण गराउन सक्थे । नारीबादीहरुले महिलाहरुको हक हित र संरक्षणका चर्का नारा पाचतारे होटल मात्र गुन्जाउनुको कुनै तुक छैन । 

शोभा परियारको परिवारको आशु पुछ्ने केहि राहात लिएर तपाइ हरु पनि पुग्न सक्नु हुन्थ्यो ।तर एक नेपाली चेलीको मृत्यु द्ण्ड हुँदा कमिलो मरे सरी सबै तिर मौनता नै मौनता देखियो । साउदी लगायत अन्य खाडी मुलुकहरुमा धेरै नेपाली महिलाहरु घरेलु कामदारको रुपमा सरकार बाट इजाजत लिएर नै कार्यरत छन । घरेलु कामदार चाहे केयर गिभर होस्, वा हाउस मेड नै किन नहोस्, यो प्रकृतिको काममा अत्यधिक मानसिक तनाव, शारिरिक परीश्रम , श्रम शोषण हुने गर्छन । यो कुराहरु लाई पचाउदै निरन्तर खटन सकियो भने मात्र असल पात्रको रुपमा बिदेशी रोजगार दाताको नजरले देख्ने गर्द्छ । होइन भने महिलाहरुका ति दिवा सपना चकानाचुर हुन कती पनि बेर लाग्दैन । 

साउदीमा घटेको यो घटनाले नेपाली महिलाहरुलाई बिदेशिनु भन्दा पहिला एक पटक होइन हजार पटक सोच्नु पर्ने स्थिती सृजना भएको छ । अब महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन बन्द गरी सरकारले स्वदेशमै महिला लाई सुरक्षित रोजगारीको वातावरण निर्माण गर्नु पर्छ । पछिल्लो दसकमा नेपाली महिलाहरु बिदेशिने क्रम जसरी बढ्यो यसले एकातिर फाइदा पुर्याए पनि दिर्घकालिन असरको पनि मध्य नजर गर्नु पर्छ । नेपाली महिलाहरुले सागर दिएर खोला लिए जस्तो बिदेशिएर थोरै प्राप्ती को लागी धेरै खुशी गुमाउनु परेको छ !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com