गजल : By, कल्पना पौडेल “जिज्ञासु”


गजल : By, कल्पना पौडेल “जिज्ञासु”

छड्के त्यो नजर के लगायो उसले
पागल मलाई जो बनायो उसले

प्रेम प्यासी आत्म यो हुनाले मेरो
पलमै माया जालमा फसायो उसले

ओइलिएर झर्न लागेको फूल् थिए
टिपेर सिरमाथि सजायो उसले

मरुभुमी जस्तो उजाड जिबनलाई
पिरतिले भिजाइ हसायो उसले

झनै गाढा हुँदा मायाको त्यो नशा
पिएर तन मन यो जलायो उसले


-कल्पना पौडेल “जिज्ञासु” 
गैडाकोट-४,नवलपरासी 
हाल: इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com