गजल, By, आचार्य प्रभा


गजल, "जन्मियो ऊ लिएर नाम "दिनेशको"तर बन्यो कुख्यात्'चरी'"  आचार्य प्रभा

जन्मियो ऊ लिएर नाम "दिनेशको"तर बन्यो कुख्यात् "चरी"
फैलायो नि कस्तो दुर्नाम?  समाज र गाउँ घर   देशभरी ।

जन्मँदै के ले'र आयो?निधारमै लुट्दै खाने ती जनलाई
त्यै नतिजा भोग्दै रोइेन् अहो!आमा कस्तोगरी लौ!धर्धरी ।

भन्छन् सबै कुपुत्र यी हुनुभन्दा अपुताली हुनु बेस् हो 
दुर्गन्ध नै फैलियो रे सारा देश शहरको वरिपरी ।

लिन्छन् काम नेताहरु सोझा साझा युवालाई प्रयोग् गर्दै
जान्छ ज्यान नेताभक्ते बनेर लौ!अनाहकमै यसैगरी।

असल राम्रो शिक्षा दिने बाबु आमा खासै कहाँ हुँदा हुन् र ?
हुर्कन्छन् है "चरी"जस्तै दुर्नामको दुर्गन्ध नै यस्तै छरी ।    

दिए होलान् पक्कै पनि आशिर्वाद बा-आमाले असल् बन्ने
कति खसे होलान् आसुँ?बा-आमाका आँखाबाट  कठैबरी!

कति दुखे मुटु अनि  भए बिचलित्  शायद् परिवार् ती
सताउँदो हो आमालाई मृत छोराको  सम्झनाले घरिघरि ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com