काठमान्डू श्रावन २४,
रुकुमको विकट स्यालाखदी गाउँ विकास समितिका स्थानीयबासीले आफ्नै लगानीमा विद्युत उत्पादन गरेका छन् । विद्युत निमार्ण गरिदिन विभिन्न संघ–संस्थाहरुलाई आग्रह गर्दा समेत बेवास्था गरेपछि स्थानीयहरुले आफ्नै लगानीमा विद्युत उत्पादन गरेका हुन् ।
जिल्ला सदरमुकामदेखि उत्तरमा ३ दिनको पैदलदुरीमा रहेको स्यालाखदी गाविसका सबै वडाका बासिन्दाहरुले हरेक घरबाट तीन हजारका दरले रकम संकलन गरी विद्युत उत्पादन कार्यमा जुटेका थिए । अहिले गाउँका ५० घरमा बिजुली पुगेको छ । NB: