गीत : माया के भो ?
याद यादमा मेरा ती खुशीहरू,
जीवनले छलेर घायल हुन परयो।
रात रातमा मेरा यी व्यथाहरू,
मुटुमा अल्झेर पागल हुन परयो।
साथ साथमा उड्दथें कल्पनाहरू,
मलाई त्यागेर,माया मारी गयौ।
साँझ बर्षामा उत्रीने इन्द्रेणीहरू,
एक्छन् हाँसेर,स्नेह झारी गयौं।
काँध काँधमा,जोडदथें मिलनहरू,
दुईपल अंगालेर,एक्लो पारी रुलायौ।
मन मनमा,पोख्दथें भावनाहरू,
दर्पण देखाएर,तस्वीर छाडी गयौ।