"गजल " By, निशा अर्याल
दिलसँग दिल जोड्यौ ,तिमी को हो भन्छौ ?
बहानामा नाता तोड्यौ ,तिमी को हो भन्छौ ?
झरी रहे आँखाबाट बलिन्द्रधारा आशुहरु ,
ओठको मुस्कान मोड़ेयौ ,तिमी को हो भन्छौ ?
सपनाको सागर सजाई , हिड्यौ आफै चिढीएर
वाचा बिर्सी फोड़यौ मन ,तिमी को हो भन्छौ ?
शंकाको कुरा गर्छौ, दिन्छौ नाम नर्तकी को ?
मात्तिदै बाटोमा छोड़यौ ,तिमी को हो भन्छौ ?
सपनाको मन्जिल भत्काई ,कुशंगत अपनाएर ,
घृणाको विज गोडयौ ,तिमि को हो भन्छौ ?
निशा अर्याल