श्रावन २७,
पखाला लाग्दा घरमै उपलब्ध नुन, चिनी, पानी खानुपर्छ भन्ने कुरा त सबैलाई थाहा छ । तर, यसको सुरुवात कसले गरेका थिए भन्नेबारेमा भने सायदै कसैलाई थाहा होला । नुन, चिनी, पानी कति मात्रामा मिलाउनुपर्छ भन्ने जानकारी दिने व्यक्ति थिए, डा. नोबर्ट हिर्सहन । उनको यही अनुसन्धानका कारण करिब साढे ५ करोड जिन्दगी बचायो ।
अमेरिकाको सैन्य स्वास्थ्य सेवामा रहेका डा. नोबर्टले सन् १९६४ देखि ओरल रिहाइड्रेशन थेरापी (ओआरएस) सुरु गरेका थिए ।
अमेरिकाको सैन्य स्वास्थ्य सेवामा रहेका डा. नोबर्टले सन् १९६४ देखि ओरल रिहाइड्रेशन थेरापी (ओआरएस) सुरु गरेका थिए ।
बंगलादेशको जन्म नहुँदैं एकपटक पूर्वी पाकिस्तानमा हैजाले गम्भीर रुप लियो । त्यस्तो अवस्थामा डा. नोबर्टलाई अमेरिकी सरकारले पूर्वी पाकिस्तानमा खटायो । हैजाका कारण बिरामीको शरीरमा पानीको मात्रा निकै न्युन हुन्थ्यो र केही घण्टामै बिरामीको मृत्यु हुन्थ्यो ।
करिब ४० प्रतिशत मानिस हैजाको उपचार अभावमा मृत्युवरण गरिरहेका थिए । त्यतिखेर जलवियोजनको उपचार नशाको माध्यमबाट गरिन्थ्यो, जुन महंगो पथ्र्यो । यस्तो उपचारपनि मानिसहरुले पाउदैंनथे । डा. नोबर्टले बिरामीलाई मुखबाट दिइने औषधिको माध्यमबाट उपचार गर्ने प्रयास गरे । त्यसअघि पनि नुन,चिनी र पानीको मिश्रणका बारेमा निकै परीक्षणहरु भइसकेका थिए । तर, सबै प्रयास असफल भएका थिए ।
डा. नोबर्टले पनि ताइवान र फिलिपिन्समा कार्यरत रहँदा यही मिश्रणको प्रयोग गरेका थिए । त्यतिबेला उनी असफल भएका थिए । तर, पछि सफल भयो । बेलायतको स्वास्थ्य पत्रिका लसेन्ट र युनिसेफले यसलाई स्वास्थ्य क्षेत्रमा २० औं शताब्दिको सबैभन्दा उत्कृष्ट खोज बताएका छन्, जसले हरेक वर्ष लाखौं मानिसको ज्यान बचाइरहेको छ । एजेन्सी :