गजल :By, नारायण राज चौलागाँई ,ज्वाला,


गजल :By, नारायण राज चौलागाँई ,ज्वाला,

घरभित्र बाट तानेर मारिए जनता
 निर्दोष छ भन्दा जानेर मारिए जनता

आफ्नो अधिकार खोज्न सडकमा धाउदा
 देशको दुष्मन ठानेर मारिए जनता  

कतिलाई त जिउदै पुरिए माटा मुनि
 त्यो डोरिले गला बानेर मारिए जनता
  
छिया छिया पारेर शरिरको खण्ड खण्ड
 तोप बम गोलि हानेर मारिए जनता
  
कति भाग्न सफल त कति जेलमा पुग्थे
 जेल भित्र पनि छानेर मारिए जनता

नारायण राज चौलागाँई ,ज्वाला,
भा.न.पा.दोलखा चरिकोट
 हाल ओमन मस्कट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com