रत्ननगर भदौं १६,
होमनाथ सापकोटा :
चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संर
क्षण केन्द्र सञ्चालनको लागि आर्थिक सहयोग संकलनको गर्न
कतारमा अभियान सुरु गरिएको छ ।
आर्थिक अभाबका कारण के
न्द्र सञ्चालन गर्न कठिनाई भएको समाचार सञ्चार माध्यमजाट
थाहापाएपछि वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहेका ने
पालीहरुले अभियान सुरु गरेका हुन । गैर आवासीय नेपाली संघ
अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह संयोजक पूर्ण
केसीको अनुरोधमा एनआरएन आइसिसीको सल्लाह र एनआर
एन एनसिसीको सहयोगमा
अभियान सुरु गरिएको कतारबाट कृष्ण पराजुलीले जानकार
ी दिनुभयो ।
अभियानमा सहयोग गर्न कतारमा कार्यरत सहयो
गीहरु,व्यवसायी,बुद्धिजीविहरुलाई आग्रह गरिएका गैर आवासीय
नेपाली संघ अन्र्तराष्ट्रिय समन्वय समितिका गल्फ सह संयो
जक पूर्ण केसीले जानकारी दिनुभयो । अभियानमा सहयो
ग जुटनेक्रम सुरु भएको र २ लाख आर्थिक सहयोग संकलन
गरि केन्द्रलाई हस्तान्तरण गर्ने लक्ष्य लिईएको केसीले
बताउनुभयो । गैर आवासीय नेपाली संघले नेपालमा सामाजिक
क्षेत्रमा काम गर्दै आएको छ । केन्द्रलाई सहयोग संकलनको
लागि संघ मार्फत सबैमा आग्रह गरिएको उहाँले जानकारी
दिनुभयो ।