झपड छुट्याउन जाँदा मृत्यु I

 सुनसरी भाद्र १२,

सुनसरीको बराहक्षेत्र गाविस–३ स्थित पुनरवास टोलमा महिला–महिलाबीच झडप हुँदा एक महिलाको मृत्यु भएको छ । महिला महिलाबीचको झडप छुट्ट्याउन जाँदा बराहक्षेत्र–३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो ।

झगडा छुट्ट्याउन गएकी मगरलाई चोट लागेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो झडपमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले स्थानीय तीन जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–३ की तेलु राय, निलु राय र पवित्रा राय रहेका छन् । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com