आचार्य प्रभा : अब नारीहरुको महान तीज नजिकै आयो । नारीहरुको मनमा खुशीको लहर छाएको छ । नारीहरु आफ्ना श्रीमानको दिर्घायुको कामना गर्नलाई पनि यो पर्व मनाउने गर्दछन् भन्ने कहावात छ । नेपालीहरु कला,संस्कृति र धर्मका धनी मानिन्छन् । परापूर्वकालदेखी नै नेपालमा बिभिन्न जात,जातिहरुले आ-आफ्ना धर्म र संस्कृतिलाई अँगाल्दै आइेरहेका छन् ।
यी धर्म,संस्कृति र चाड,पर्व मध्ये मुख्य त नेपालीहरुले मनाउँदै आएका चाडहरु दशैं,तिहार,माघे संक्रान्ति,साउने संक्रान्ति,तीज,जनै पुर्णिमा,नाग पञ्चमी आदी हुन् भने बिभिन्न जात,जातिहरुले आ-आफ्ना जातीय संस्कार र धर्म अनुसार पनि आफुले मनाउने चाड,पर्वहरु मनाउँदै आइेरहेका छन् । यसो हुनुमा हामीले गर्व मान्नु पर्दछ र आफ्नो कला,संस्कृतिलाई सधैं दिर्घजिवी राख्ने प्रयास गर्नु नै आफ्नो जात धर्म र आफ्नो देशको अस्तित्व कायम हुनु हो ।
आज हामी औसत नेपालीहरु प्रवासमा छौं । जती देशबाट टाढियो अर्थात प्रवासी भइेयो उती देशको माया र देशको कला,संस्कृति र कर्तब्यबोधले बाँध्दो रहेछ भन्ने अनुभव हामीले यो समयमा अनुभुत गरिरहेका छौं । को नेपाली होला ? जो जहाँ रहेपनी आज नेपाल र आफ्नो कला,संस्कृतिलाई बिर्सन सक्छु भन्न सक्ने ?र को नेपाली नहोला? देशको चाड,बाड र कला,संस्कृतिलाई नसम्झने ? जती चाडबाड नजिक आउँछ उती घर,आँगन र देशको सम्झनाले सताउँछ । अतितका दृष्य हरु आँखाभरी सल्बलाएर मन बिव्हल बन्दछ । आफन्त र घरको मायाले हरपल बिझाउँछ तरैपनि बाध्यता हो हर प्रवासीहरुको ।

शायद त्यही बिझाइे र बिव्हलताको असर हो । आज संसारभर छरिएर रहेका नेपालीहरुले आफ्नो चाड,पर्वलाई अंगिकार गरेर जस्तोसुकै ब्यस्त भएपनि मनाउने गर्दछन् । अझ नेपालमा हुँदाको उपस्थितिलाई भन्दा बढी जोड दिएर चाड,पर्वहरु सबै भेला भएर मनाउने गर्दछन् । यसो हुनुभनेको नै आफ्नो कला,संस्कृतिलाई साथै लिएर हिँड्नु हो ।
हुन त कतिपय प्रवासी मनहरु त्यो समय बिव्हल पनि बन्दछन् जस्का परिवार साथमा हुँदैनन् तरपनि कुनै साथी वा नेपाली हुनुको नाताले त्यस्ता ब्यक्तिलाई कसैको घरमा निमन्त्रणा भने पक्कै हुन्छ । हामी गर्वले भन्न सक्छौं कि नेपालीहरु जती स्वदेशबाट बाहिरिएका छन् उती आफ्नो कला,संस्कृति र धर्मप्रती सचेत र समर्पित भएका छन् ।
मैले आफ्नो चाड पर्वको बारेमा यसरी कुरा गर्नुको यो तात्पर्य हो कि चाड,पर्व मनाउनु पर्छ तडकभडकको साथ महँगो पक्वान पकाएर महँगा गरगहना र लुगाफाटा लगाएर, कुनै पनि पर्व मनाउनुको औचित्य यिनीहरुको अस्तित्व कायम गर्नु होइेन ।
म मेरो आफ्नै अतित सम्झन्छु जब म ६,७ बर्षकी थिएँ शायद, म र मेरी जुम्ल्याहा दिदी एकान्तमा बसेर दशै आउने महिना औंलामा दिनहुँ गन्दै बस्थ्यौं । कति उत्तेजना थियो हामीमा दशै आउनुको ? हामीले मुश्किलले त्यो समय सुतिको एकसरो जामा र प्लास्टिकको एक जोर चप्पल अनि कपाल बाँध्ने रिबन त पाउँथ्यौं । दशैंको प्रतिक्षा खपी नसक्नु हुन्थ्यो अनि दशै सकिएको भोलीपल्टै अब अर्को सालको दशैं आउन यति महिना यति दिन छ भनेर औंला भाँच्न शुरु हुन्थ्यो । त्यो समय चाडबाडको महत्व र रमाइलो छुट्टै थियो तर समयको अन्तरालसँगै चाडबाडमा पनि
मैले आफ्नो चाड पर्वको बारेमा यसरी कुरा गर्नुको यो तात्पर्य हो,कि चाड,पर्व मनाउनु भनेको तडकभडकको साथ महँगो पक्वान पकाएर महँगा गरगहना र लुगाफाटा लगाएर मात्र कुनै पनि पर्व मनाउनुको औचित्य यिनीहरुको अस्तित्व कायम गर्नु होइेन ।
म सम्झन्छु मेरो आफ्नै अतित जब म म ६,७ बर्षकी थिएँ शायद, म र मेरी जुम्ल्याहा दिदी एकान्तमा बसेर दशै आउने महिना औंलामा दिनहुँ गन्ने गर्दथ्यौं । कति उत्तेजना थियो हामीमा दशै आउनुको ? हामीले मुश्किलले त्यो समय सुतिको एकसरो जामा र प्लास्टिकको एक जोर चप्पल अनि कपाल बाँध्ने रिबन त पाउँथ्यौं ।
दशैंको प्रतिक्षा खपी नसक्नु हुन्थ्यो अनि दशै सकिएको भोलीपल्टै अब अर्को सालको दशैं आउन यति महिना यति दिन छ भनेर औंला भाँच्न शुरु हुन्थ्यो । त्यो समय चाडबाडको महत्व र रमाइलो छुट्टै थियो तर समयको अन्तरालसँगै चाडबाडमा पनि बिकृती र बिसंगतीले डेरा जमाउन थाल्यो । दशैं,तिहार आफ्नो संस्कृति ,परम्पराको धरोहर मात्र नभएर देखावटी र ढर्राको बाहक बन्न थाल्यो । गरिबकोनिम्ती दशैं चाड पर्व नभएर दशा हुन थाल्यो भने धनी र हुनेखानेकोलागी रवाफ र रमाईलो चाड बन्न पुग्यो । यस्तै गरी औसत चाडपर्व प्रतिष्पर्धाको कसी बन्न पुग्यो । मानिसहरुमा चाडपर्व,धर्म,संस्कृतिप्रती बितृष्णा जाग्न थाल्यो ।
अब मेरो भन्नुको आशय के भने हामीले आफ्ना कला,संस्कृति र परम्परालाई एउटा रितीरिवाजको रूपमा नमानेर देखावटी र आडम्बरको घोतक बनाउँदै लैजाँदैछौं । यसो गर्नु भनेको सामन्ती र शोषक बर्गले निरीह र गरीबहरुप्रती खिल्ली उडाउनु पनि हो । धर्म र संस्कृतिलाई अक्षुण्ण राख्नको निम्ती रीत र परम्परालाई पहिल्याउनु पर्छ न'की बाहिरी आडम्बरलाई प्रदर्शन गर्नु ।
हुन त यी सब आदर्शका कुरा ठहरिन्छन् । लेख्न र भन्न सजिलो छ तर यही कुराहरुलाई ब्यवहारमा उतार्न गार्हो छ । मैले आदर्श छाँट्नु भन्दा पहिला त ब्यवहारमा ल्याउन सक्नु पर्छ तर यस्तोपनी लाग्छ कि कति कुराहरु ब्यवहारमा उतारिँदैमा लागु हुँदैनन् र कति कुरा लेखाइेमा मात्र सिमित हुन्छन् । कलम पनि यस्तो शक्ती हो जस्को शक्तिले संसारका कतिपय असत्यका खम्बाहरु पनि ढल्न वाध्य छन् तर यसो भन्दैमा म मेरो कलम शक्तिशाली छ भन्ने पक्षमा पनि छैन है ।
अहिलेको समय यस्तो छ कि,उहिल्यै जस्तो औसत नेपालीहरु अभाव र भोकमरिको लपेटामा गाँजिएका छैनन् । उहिल्यै राम्रो लाउन र मीठो खाना चाड-पर्व नै आउनु पर्थ्यो । अझै पनि पहाडी र बिकट ठाउँंहरुमा यस्ता समस्याहरु जिवित नै छन् तथापी आजभन्दा २० /२२ बर्षअघी सम्म मात्रपनि नेपालमा अधिकांश परिवारहरु एक मानो खान र एक सरो लाउन सम्म सक्षम थिए तर यो समय हरेक घरका युवा, युवती अर्थात औसतका परिवार नै बिदेसिएकाले त्यो समयको अभाव र निरीहपनबाट केही मुक्त भएका छन् अलि अलि भएका जग्गा,घर,घडेरीको मुल्य बढेर औसत नेपालीहरुको स्थिती पहिलाभन्दा निक्कै सुध्रिएको छ । प्राय:सबै नै शिक्षित र रोजगारी प्राप्त नै छन् । पहिलाको जस्तो समस्यामा जकडिरिनु परेको अवस्था शायदै अहिले होला । त्यसैको प्रतिफल पनि यो समय सबैलाई आवश्यकता भन्दा प्रतिष्पर्धाको भूतले छोएको छ । हुनेले त देखाइे हाल्छन् । नहुनेले पनि नक्कली गरगहना अर्थात माँगेर भएपनि लाउनै पर्छ । यो बाध्यता पनि भएको छ । यस्तो बिकृती बिशेषत:महिलाहरुले मनाउने तीजमा चलेको छ । तीज आउन छ महिना अघिदेखी नै महिलाहरु चिन्तित र बिचलित बन्छन् । अब तीजमा कस्तो साडी लाउने ? कति गर गहना लाउने ? फलानोको त यति गर गहना छ । मेरो छैन । भएकोपनि फलानोको भन्दा कम छ । अरुको अघी कम गहना र सस्तो साडी लाउँदा लज्जित पो भइेने हो कि ? आदी,इेत्यादी ।
हुन त महिलाकैलागी हो गरगहना,सृंगार-पटार। यो प्रकृतिको नै उपहार हो,नारीहरुको निम्ती तर यसो भन्दैमा माँगेर लाउनै पर्छ भन्ने छैन र गरगहना लाउनकोनिम्ती मात्र तीज पर्व चलेको होइेन भन्ने हेक्का राख्नु पर्दछ । आफ्नो जे छ लगाउ । भए लाउनु राम्रो हो । आफ्नो जेथाले र बर्कतले भ्याएसम्म लाउन र खानुको नाम नै हो एक अर्थमा जिन्दगी तर छैन भने सन्तोष गर्ने। अरुको माँगेर र देखाउनलाई चाँहि त्यती चिन्तित बन्न आवश्यक छैन जस्तो लाग्छ हुनत आजको जमाना नै बिपरित छ । जस्को चल्खेल छ,देखाउन सक्छ,सम्पत्तिको प्रदर्शन गर्न सक्छ उसैको जय-जयकार हुन्छ तर त्यो क्षणिक र असत्य सोंच वास्तवमा केहीकोलागी मात्र मान्य हुन्छ । बिवेकशिल र बौद्धिकबर्गले त्यस्ता कुरालाई मान्यता दिँदैनन् त्यसैले हामीले यस् अर्थमा ढुक्क भए हुन्छ कि क्षणभरको देखावटीले आफ्नो दिर्घ इेज्जत रहन्न भन्ने कुरामा ।
मैले आज यस्तो आशय राख्नुको अर्थ हो नजिकिँदै गएको तीज पर्वलाई हामीले कसरी परम्परागत हिसाबले मान्ने ? भन्ने बारेमा । शायद हामी चिन्तित बन्दैछौं आजैदेखी गर-गहना र साडीको बिषयमा । यो चिन्ताबाट टाढा हौं । जे जस्तो छ त्यसैले तीजको परम्परालाई कदर गरौं । यो लेखिएको छैन कि राम्रा साडी लाएर र मीठो पक्वान खाएर अनि गर-गहनाले सुसज्जित हुँदा मात्र तीजको महिमा बढ्छ । तीजको अर्थ र आशयको इेतिहास पल्टाएर हेर्दा नारीहरुले तीज मनाउनुको अर्थ आफ्नो श्रीमानको दिर्घायुको कामना र आफ्नो बिवाहित जीवन सुखमय र अमर होस् भन्नकालागी हो भने अर्को कहावत के छ भने पार्वतीको तपस्याबाट महादेव खुशी भएर तीजकै दिन महादेवले पार्वतीलाई विवाह गरेका थिए । यही उक्तिका कारणले पनि आजकल कन्या केटीहरुले पनि असल,राम्रो र बिवेकशिल श्रीमान पाउँ भनेर तीजको ब्रत बस्न थालेको पाइेन्छ । यो धार्मिक ग्रन्थमा लेखिएको कुरा हो तर समयले फड्को मार्दा मार्दै यही उक्तिलाई आजको सभ्यता र बातावरणले यस्तो बिकृतीमा धकेली दियो कि तीज आउनुको प्रतिक्षा र खुशी होइेन महिलाहरुमा के लाउने र कसरी अरुभन्दा गर-गहनाले पुरिने ? भन्ने चिन्ता र प्रतिष्पर्धाको जग गाडी दियो र नकारात्मक ब्यवहार र सोंचमा धकेलि दियो ।
तीज बारे पुराना केही कुराहरु यस्तो पनि सुन्नमा आएका छन् कि। उहिल्यै उहिल्यै गाउँघरमा छोरीहरु सानैमा विवाह गरेर आफ्नो लोग्नेको घरमा पठाइेन्थे । कोशौं कोश टाढा जहाँ हिँडेर नै धेरै दिन लाएर जानु आउनु पर्दथ्यो । त्यस्ता नारीहरु केवल दशैं,तिहार र बिशेष तीजमा मात्र आफ्ना माइती भेट्नलाई आउन पाउँथे । नत्र उनिहरुलाई बिदा गरेर दिएपछी माइेतीघर र आमा बुवाबाट लामो समयकोलागी टाढिनु पर्थ्यो रे । धेरै संघर्ष, दु:ख,कष्ट र बुहार्तन खपेर ती निरीह चेलीहरुले आफ्नो कष्टप्रद जिन्दगी बिताउँथे रे । जब तीज नजिक आउन लाग्थ्यो अनि उनिहरुमा केही सुख र खुशीको उमङ छाउँथ्यो रे । त्यस्ता पीडित नारीहरुकोलागी माइेतीघर,आमा-बाबु भेट्ने एउटा बहानाको रूपमा पनि तीज उनिहरुकोलागी प्रिय र खुशीको पर्व थियो रे तर अहिले त्यस्तो स्थिती त कथाको रूपमा मात्र सुनिन्छ र आजको कलियुगले तीज पर्वलाई त एक खतरनाक र आडम्बरको स्वरूप दिएको छ ।

यता आधुनिक र हुनेखाने महिलाहरुको निम्ती तीज प्रदर्शन र प्रतिष्पर्धा बनेको छ भने अलिक पुराना सोंच र केही पौराणिक कुरालाई मान्ने महिलाहरुले भने तीजलाई नकारत्मक अर्थ लगाएर पानीसम्म ननिलिइे दिनभर भोकै बसी आफुलाई ठुलो सजाय पनि दिएका छन् । पति पर्मेश्वर नै हुन् यदी मैले उन्ले नदिइेकनै आफ्नो ब्रत भंग गरें भने म पापको भागीदार बन्नेछु भनेर आफुलाई भोकै,तिर्खै राखेर आफैले यातना पनि भोग्ने गरेका छन् । यी सब निरर्थक र भ्रम हुन् । उसो त मैले आजभन्दा लग्भग १५ बर्षअघी एक सम्पन्न र प्रसिद्ध ब्यक्ती जस्को नाम लिन म असक्षम छु। वहाँकी श्रीमतीले आफ्नो पतिको नाममा तीजको ब्रत लिएर पानीसम्म त के थुकसम्म पनि निल्नु पाप हो भनेर एक रात एक दिन भर सकेसम्म थुक पनि निल्दिन भनेर ब्रत बसेको देखें जस्को श्रीमानले बाहिरपनि अर्की श्रीमती राखेर चयन गरिसक्नु भएकोथियो र तिनै श्रीमतीलाई सास्ती र पीडा पनि प्रशस्त दिनु भएको थियो । आखिर उनै श्रीमती पनि अत्ती भएर त्यस्को बर्षदिनभित्रै अर्कै ब्यक्तिसँग हिँडिन् । अब सोंचौं न यहाँ अन्धबिश्वास काम लाग्यो न'त त्यस्तो अनैतिक ब्रतले उनिहरुको सम्बन्धलाई प्रगाढ बनायो । समग्रमा भन्नु पर्दा कुनैपनि चाडपर्व र रीतिरिवाजले यस्तै गर्नुपर्छ भन्ने लेखेको छैन यी सब त मान्छे आफैले थप्दै गएका बिसंगतीहरु हुन् ।
हामीले जहाँ रहेपनि आफुले मान्ने चाडपर्व मनाउँ । एकार्कामा भेट्घाट गरेर दु:ख,सुख साटौं । आफ्ना कलिला बच्चाहरुलाई आफ्नो कला संस्कृतिको पहिचान गराउँ । नेपाली हौं र नेपालको कला,संस्कृति,भाषा,भेष यी हुन् भनेर अन्य देशहरुलाई पनि चिनाउँ । तीजकोलागी के खाने? र के लाउने ? भनेर चिन्तित नहौं । तीजपर्वमा साथीभाइ,दिदी,बहिनी इेष्टमित्रसँग भेट्घाट र रमाइेलो गरौं । जे छ त्यसैमा सन्तोष हौं । आडम्बरी र देखावटिमा नभुलौं । आफ्ना चेलीबेटीलाई सम्झौं । चेलीबेटीहरुले पनि माइेतीहरुलाई मानेर भेटौं ।
तीजमा रातभरी अपच भइेन्जेल खाएर अर्कोदिन भोकै,तिर्खै नबसौं । चाडपर्व अपच खाना र राम्रा लाउनलाई मात्र होइेन यस्लाई यथावत राख्नलाई मान्ने परम्परा बसाउन पनि हो । तीजमा पतिकोलागी भोकै बसेर आफुलाई सास्ती दिनुभन्दा पतिपत्नीबिच रहेको सम्बन्ध र प्रेमलाई कसरी आत्मसात गर्ने ? अनि एकार्काको पर्याय कसरी बन्ने ? आफुभित्र रहेको एकार्काको सम्मानलाई कसरी दिर्घ राख्ने ? भन्ने कुरामा ध्यान राखियो भने न'त ब्रतको स्वाङ नै रच्नु पर्छ न'त भोकै सास्ती नै खप्नु पर्छ । बस् लोग्ने-श्वासनी एकार्काका परिपुरक हुन् भन्ने कुरालाई दुवैतर्फबाट अङिकार गर्न सक्नुपर्छ यति भएपनि सम्बन्ध र प्रेम शायद गाढा र मधुर रहन्छ । यी कुराहरु दुवै तर्फबाट लागु हुन सक्नुपर्छ ।

अन्त्यमा आउन लागेको तीज पर्वको शुभकामना सबै दिदी,बहिनीहरुमा । यो मेरो नितान्त निजी बिचार हो । कसैलाई लाद्न खोजिएको आदेश होइेन । तीज मनाउँ । रमाइेलो गरौं । चिन्तामुक्त हौं । के खाने ? के लाउनेको ध्याउन्न छाडौं । पुरानो साडी नै लाएपनि माया र सम्बन्ध अझ नयाँ जोडौं । गरगहना लाएर देखासेखी गर्नुभन्दा एकार्काको भावनाको कदर गरौं । तीजपर्वलाई अनन्तसम्म दिर्घ राखौं ।
बस् ......../
रचना- अगष्ट/ ४/ २०१४