कविता:By, निरकुंश पहिरोहरु '


कविता:By, निरकुंश पहिरोहरु '

त्यो तारेभिर
जो सदियौं देखी
पेमाको गुन्युको वैंश
 आफूमा पोखाएर
उन्मत्त बनिरह्यो
पासा ङ्गको बलिष्ट पाखुरा निचोरेर
घटघ्टी पिईरह्यो
र आफूलाई
बलवान साबित गरिरह्यो
संगसंगै काठमाण्डौसंग सम्भोग गरेर
 जन्माईरह्यो बग्रेल्ती
निरकुंश पहिरोहरु
 भत्काई रह्यो राममाया,छीरिङ्गका
आँखाका दह
बगाईरह्यो रामे श्यामे दोर्जेका
आरुफूल सपनाहरु
र पुर्‍याइरह्यो सिंहदरबार ,बालुवाटारमा
कुल्चीरह्यो हजारौं जनताका खुसीहरु
मलाई सदियौंदेखिको
यो क्रम भत्काउनु छ
बग्दा बग्दै बाफिनुछ
विद्रोहको ज्वालाले
मडारिनुछ निर्भिकताको
बादल बनी
 अनी प्रहार गर्नुछ चट्याङ
तारेभिरको लिङ्गमा
बनाउनुछ नपुंशक

बिना तमाङ 'सुनगाभा'
 काठमाण्डौ बुढानिलकण्ठ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com