कृष्णकुमार लामाko तामाङ स्रष्टा र सिर्जनाहरु’ सार्वजनिक I

काठमाडौं श्रावन १०,

उद्धव तामाङ्ग : लेखक तथा समीक्षक कृष्णकुमार लामा तामाङको समीक्षात्मक पुस्तक ‘तामाङ स्रष्टा र सिर्जनाहरु’ सार्वजनिक गरिएको छ ।

शनिबार बौद्धस्थित बौद्ध घ्याङ गुठीमा आयोजित समारोहमा नेपाल तामाङ घेदुङका पू्र्व अध्यक्ष धनप्रसाद तामाङले पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा २५ जना तामाङ स्रष्टाहरुका विभिन्न विधामा प्रकाशित ३४ वटा पुस्तकहरुका समीक्षा समेटिएको छ । ‘विभिन्न समयमा प्रकाशित तामाङ पुस्तकहरुको समीक्षा गर्ने प्रयास गरेको थिएँ ।

ती समीक्षात्मक लेखहरु दुई वर्षको अवधीमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । त्यसैलाई सङ्कलन गरी पुस्तकको रुपमा ल्याएको हुँ ।’ समीक्षक तामाङले भने ।

नेपाली भाषामा रहेको यो उनको कृति हो । पुस्तक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा तामाङ स्रष्टा समाजले प्रकाशन गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले समीक्षा विधामा पहिलो तामाङ पुस्तक प्रकाशन भएकोमा खुसी व्यक्त गरे । उनले तामाङ साहित्यको विकासमा समीक्षा र समालोचना हुन जरुरी रहेको बताए ।

कार्यक्रममा भाषाविद अमृत योञ्जन तामाङ, छार गोङमा मासिकका सम्पादक प्रतिक तामाङ, लेखक रवीन्द्र ग्यावक तामाङ, दुपवाङगेल मोक्तान लगायतले पुस्तकको बारेमा आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा तामाङ स्रष्टाहरुले कविता, गजल, गीत लगायत रचनाहरु वाचन गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com