ई-प्लानेट द्वारा सञ्चालित मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा हुने 'मिसेस युनिभर्स-२०१४' मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्। प्रतियोगितामा भाग लिन २८ वर्षीया थापा भदौ ४ गते त्यसतर्फ प्रस्थान गर्दैछिन्।
भदौ ५ गते मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिसोर्ट होटलमा हुने फाइनल प्रतियोगितामा ६३ देशको सहभागिता रहनेछ। 'मिसेज युनिभर्समा नेपालको यो दोस्रो सहभागिता हो। पहिलो मिसेज युनिभर्समा सहभागी ४४ वर्षीया मीना घिमिरेले उत्कृष्ट १० मा रहँदै 'मिसेज इन्टेलिजेन्स' को उपाधि हात पारेकी थिइन्। (साप्ताहिकबाट)