नेपालमा हेपाटाइटिस संक्रमणबाट साढे २ लाख मानिस प्रभावित I

काठमाडौं श्रवन १२,

नेपालमा साढे दुई लाख मानिसहरू हेपाटाइटिस रोगबाट दीर्घकालिन रुपमा संक्रमित रहेको तथ्य सार्वजनिक भएको छ । नेपाल लिभर फाउण्डेशनका अनुसार सबै खालका हेपाटाइटिसको संक्रमणबाट दुई लाख ५० हजार मानिसहरु प्रभावित छन् । 

हेपाटाइटिस ए र इ ले जण्डिस गराउछ भने हेपाटाइटिस बि र सिले कलेजोको दीर्घकालिन संक्रमण गराउने गर्छ । तर, हेपाटाइटिस डि भने नेपालमा अहिलेसम्म देखा नपरेको चिकित्सकहरुले जनाएका छन् । हेपाटाइटिस इ गर्भवति महिलामा देखिए २५ प्रतिशत गर्भवतिको मृत्यु हुने गर्छ । स्वच्छ पानीको अभावका कारण हेपाटाइटिस इ लाग्ने गर्छ । 

गत वैशाखमा विराटनगरमा पनि खानेपानीमा ढल मिसिएकै कारण हेपाटाइटिस इ (जण्डिस) को संक्रमण फैलिएको थियो । सो संक्रमणबाट १४ जनाको ज्यान जानुका साथै ८ सय जना प्रभावित भएका थिए । फाउण्डेशनका अनुसार नेपालमा हेपाटाइटिस इले ४ पटक ठुलो महामारीको रुप लिइसकेको छ । १९७३, १९८१, १९८७ र २००६–२००७ मा भएको महामारीबाट लाखौं मानिस जण्डिसले प्रभावित भएका थिए । 

चिकित्सकहरुका अनुसार जण्डिस एक दुई महिनामै निको हुने गर्छ । आराम र पोषिलो खाना नै यसको उपचार हो । यसैबीच, विश्व हेपाटाइटिस दिवसको पूर्वसन्ध्यामा नेपाल लिभर फाउण्डेशन, रोटरी क्लब अफ भादगाऊँ र माइक्रोप्वाइन्ट नेपालले टेकुमा निःशुल्क लिभर परीक्षण गरेका छन् । दुई दिने कार्यक्रममा आजसम्म एक सय ५० जनाको लिभर परीक्षण गरिएको थियो । by, health news :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com