२० किलो सुनसहित लामा पक्राउ I

काठमान्डू श्रवान १२,

सिन्धुपाल्चोकको लार्चास्थित सीमा प्रहरी कार्यालयले आज २० किलो सुनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सुनसहित सिन्धुपाल्चोकको लिस्ती–४ बस्ने २६ वर्षीय दाबा लामालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

चीनको खासाबाट काठमाडौंतर्फ जाँदै गरेको बा६०प ३६२० नम्बरको पल्सर मोटरसाइकलको कार्वोरेटरमा लुकाई लान लागिएको अवस्थामा सुराकीको आधारमा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।एनबी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com